अन्तराष्ट्रिय भेट्रान्स फुटबल तयारी पूरा

आदर्श समाज सम्वाददाता
माघ २, २०७६
8 A Side Football

पोखरा । तेस्रो स्व. रन्जित गुरुङ स्मृति तथा नवौं बगर भाइखलक एट ए साइड अन्तराष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । बगर भाइखलक पोखराले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोेगिताको तयारी पूरा भएको जनाएको हो ।

प्रतियोगिताको उद्घाटन समारोहको अवसरमा पूर्व अन्तराष्ट्रिय खेलाडी तथा पूर्व राष्ट्रिय प्रशिक्षक खड्कबहादुर रानाभाटलाई दोसल्लासहित ताम्रपत्रद्वारा सम्मान गर्ने कार्यक्रम छ । खेलकुद क्षेत्रमा विशेष योगदान दिएका खेलाडीहरुलाई २०६८ देखि बगर भाइखलकले सम्मान गर्दै आएको छ ।

यस वर्षदेखि प्रयितयोगिताको पुरस्कार राशीमा समेत बृद्धि गरिएको बगर भाइ खलकका अध्यक्ष दिलबहादुर गुरुङले बताए । यस वर्षदेखि प्रतियोगिताको विजेताले १ लाख ११ हजार र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ र साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र पुरस्कार पाउने गुरुङले बताए ।

सेमिफाइनलिष्ट ४ टिमले समान १०/१० हजार पाउनेछन् । उत्कृष्ट खेलाडीले समेत १० हजार सहित ट्रफी पुरसकार पाउनेछ । उत्कृष्ट बिधागत रुपमा गोलकीपर, डिफेन्डर, मिडफिल्डर र स्ट्राइकरले समान ५/५ हजार सहित ट्रफी पाउनेछन् ।

त्यस्तै, अनुशासित टिम र प्रतियोगितामा सहभागी सबैभन्दा ज्येष्ठ खेलाडीलाई एक पटक सम्मानसहित विशेष पुरस्कारको व्यवस्था रहेको प्रतियोगिताका संयोजक समेत रहेका गुरुङले बताए ।

प्रतियोगितामा २६ वटा टिमले प्रतिस्पर्धा गर्नेछन् । कास्की बाहिरका १९ टिम हुनेछ । भारतको कोलकाता र सिलिगुढीको कञ्चनजंघा एफसी दुई विदेशी टिमको प्रतियोगितामा सहभागिता रहनेछ ।

४० देखि ६५ वर्ष उमेर समूहका भेट्रान खेलाडीहरुले खेल्ने यस्तो प्रतियोगिता नेपालमै पहिलो पटक पोखराबाट शुरु गरेको हो । यस उमेर समूहका पाका खेलाडीहरुले खेल्ने खेलबाट नयाँ पिँढीका युवा जगतप्रति अभिरुची जगाउन यो प्रतियोगिता शुरु गरिएको गुरुङको भनाई थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै