काठमाण्डौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्यूरोड टिम एनआरटीले तेस्रो जित निकालेको छ ।
विभागीय नेपाल पुलिस क्लबमाथि १–० गोल अन्तरले हराउँदै सोमबार न्यूरोड टिमले तेस्रो जित निकालेको हो ।
यस जितसँगै एनआरटी लिगको छैटौं स्थानमा उक्लिएको छ । एनआरटीले ६ खेलबाट ८ अंक जोड्दै जारी लिगको छैटौं स्थानमा उक्लेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एनआरटीको जितमा दर्शन गुरुङको एकमात्र गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७६ औं मिनेटमा दर्शनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले डिबक्स भित्रबाट प्रहार गरेको बलले जाली चुम्न पुगेको थियो ।
खेलको ३७ औं मिनेटमा पुलिसका सुमन लामाले डिबक्स भित्रबाट प्रहार एनआरटीका गोलरक्षक अजित प्रजापतिले बचाए । ४८ औं मिनेटमा पुलिसका मानबहादुर परियारको हेड बल एनआरटीका मिडफिल्डर एरिक बिष्टले गोललाइनबाट क्लियर गरिदिए ।
यस्तै, खेलको अतिरिक्त समयमा पुलिसका अन्जन राईले डिबक्स बाहिरबाट गरेको लामो प्रहार क्रसबारमा लागेर फर्किदा पुलिस बराबरी गर्नबाट चुक्यो । खेलको ७८ औं मिनेटमा राजेश परियारले डिबक्स भित्रबाट हानेको कडा प्रहार पुलिस गोलरक्षक शत्रुधन चौधरीले बचाउ गरे । पुलिसको यो दोस्रो हार हो । पुलिस ६ खेलबाट ८ अंकसहित जारी लिगको सातौं स्थानमा झरेको छ ।
त्यस्तै, जारी लिग फुटबलमा च्यासल युथ क्लब र विभागीय एपीएफ क्लबले सोमबार बराबरी खेलेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा च्यासलले एपीएफसँग गोलरहित बराबरी खेलेको हो ।
एपीएफलाई बल पोजिसनमा दवावमा राखेको च्यासलले पाएको अवसर सदुपयोग गर्न नसक्दा १ अंकमा चित्त बुझायो । एपीएफले समेत केही गोलको अवसर खेर फाल्यो । खेलको १६ औं मिनेटमा नबिन लामाको कर्नरमा आएको बलमा एपीएफका राजन गुरुङको उत्कृष्ट हेड च्यासलका गोलरक्षक एलेन न्यौपानेले पञ्च गर्दै गोल हुनबाट बचाउ गरे ।
खेलको २० औं मिनेटमा च्यासलले गोलको अर्को सुनौलो अवसर गुमायो । सुनिल खड्काले एक डिफेन्डरलाई बिट गरेपनि वान भर्सेस वानको स्थितिमा गोल गर्नबाट चुके । डिबक्स भित्रबाट हानेको सुनिलको प्रहार एपीएफका गोलरक्षक अमृतकुमार चौधरीले बचाउ गरे ।
खेलको २५ औं मिनेटमा च्यासलका अमिर श्रेष्ठले डिबक्स भित्रबाट हानेको सशक्त प्रहार एपीएफका गोलरक्षक अमृतले पञ्च गर्दै आउट फालिदिए । खेलको ३८ औं मिनेटमा एपीएफका रबि थिङको प्रहार च्यासलका गोलरक्षक एलेनले बचाउ गरे ।
यस्तै ५४ मिनेटमा युवराज खड्काको क्रसमा राजीब लोप्चनको हेड पनि एलेनले पन्च गर्दै गोल हुनबाट जोगाए । एपीएफसँगको बराबरीसँगै च्यासलले अंक तालिकामा सुधारको अवसर गुमाएको छ । ६ खेलबाट ६ अंक जोडेको च्यासल लिगको दशौँ स्थानमा छ । यस्तै, एपीएफ ६ खेलबाट ५ अंक बटुल्दै जारी लिगको ११ औं स्थानमा छ ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१