पोखरा । छैटौँ राष्ट्रिय घोडचढी प्रतियोगिताको हाइजम्पतर्फ खिलध्वज खड्का पहिलो बनेका छन् ।
खिलध्वजले २० हजार पुरस्कार पाए । रामबहादुर दाहाल दोस्रो र सविनकुमार पोखरेल तेस्रो बने । रामबहादुरले १५ हजार र सविनकुमारले १० हजार पुरस्कार पाए ।
घोडचढीकै शो–जम्पतर्फ योगबहादुर बस्नेत पहिलो भए । योगबहादुरले २० हजार पुरस्कार पाए । उक्त स्पर्धामा लालबहादुर कुँवर दोस्रो र रामबहादुर दाहाल तेस्रो बने । लालबहादुरले १५ हजार र रामबहादुरले १० हजार पुरस्कार हात पारे ।
प्रतियोगिताको टेन पेकिङतर्फ रुद्रबहादुर कार्की पहिलो बने । रुद्रबहादुरले २० हजार पुरस्कार हात पारे । उक्त स्पर्धामा गोविन्दबहादुर खड्का दोस्रो र लक्ष्मण तेस्रो भए । गोविन्दबहादुरले १५ हजार र लक्ष्मणले १० हजार पुरस्कार प्राप्त गरे ।
प्रदर्शन खेलअन्तर्गत महिला राइडर सबैले प्रोत्साहन स्वरुप ५ हजार रुपैयाँ पुरस्कार पाए । महिला राइडर हरिमाया गुरुङ, शारदा केएम, कविता थापा र सरिता श्रेष्ठले ५÷५ हजार पुरस्कार पाएका हुन् । प्रतियोगितामा महिला तथा पुरुष दुबैतर्फ गरी २६ राइडरको सहभागिता थियो । नेपाली सेना र राष्ट्रिय खेलकूद परिषद्ले प्रतियोगिता सञ्चालन गर्न सहयोग गरेको थियो ।
विजेता खेलाडीलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार वितरण गरे । घोडचढी हालसम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्म मात्र सीमित रहेकाले जनस्तरमा यस खेललाई लैजान प्रतियोगिता आयोजना गरिएको हो ।
खेलकूद बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ । सहकारीको १० औँ वार्षिक साधारणसभाको उद्घाटन अवसरमा राष्ट्रिय खेलकुद परिषद्का कार्यवाहक सदस्य–सचिव राजेशकुमार गुरुङले संस्थाका अध्यक्ष महावीर पुनलाई ५० हजार हस्तान्तरण गरे ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१