पोखरा । नेपालका उदीयमान खेलाडी प्रिन्स दाहाल काठमाण्डौमा जारी प्रेसिडेन्ट कप नेपाल ईन्टरनेशनल सिरिजको दुई बिधामा फाइनल पुगेका छन् ।
प्रिन्सले मेन्स सिंगलतर्फ र डबल्सत गरी दुबैतर्फ फाइनलमा स्थान बनाएका हुन् । प्रतियोगितामा दोश्रो वरीयताप्राप्त तथा बिश्व जुनियर वरीयतामा १४ औं स्थानमा रहेका प्रिन्सले सेमिफाइनलमा भारतका अभिन बशिष्ठमाथि २१–१८, २०–२२ र २१–१७ को जित निकाल्दै उपाधि नजिक पुगेका हुन् ।
प्रिन्सले उपाधिका लागि यस प्रतियोगिताका पहिलो वरीयता तथा बिश्व जुनियर वरीयतामा तेश्रो स्थानमा रहेका भारतका मिरबा लुवाङसँग फाइनल प्रतिस्पर्धा गर्नेछन् । लुवाङले श्रीलंकाका दुमिन्दु अब विक्रमालाई २१–१२, २१–८ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।
यसैगरि, प्रिन्स मेन्स डबल्समा पनि फाइनल प्रवेश गर्न सफल भएका छन् । पेम्बा शेर्पासँग मिलेर दाहालले आफ्नै देशका अमृत चौधरी र जेबी साउदलाई २१–१०, २१–११ ले पराजित गर्दै फाइनल प्रवेश गर्दै मेन्स डबल्सको फाइनल पुगेका हुन् । अर्को प्रतिस्पर्धामा भारतका आर. बिकास प्रभु र अरुण कार्थिक केको जोडीले श्रीलंकाका दुमिन्दु अबेविक्रमा र दिगायु कहातापितियाको जोडीलाई २२–२०, २१–१५ ले पराजित गर्दै दाहाल र शेर्पाको जोडीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
वुमन्स डबल्सतर्फ नेपालका बिष्णा बिष्ट र प्रसुना खत्रीको जोडीले नेपालकै रोन पाण्डे र अलिना सुनारबाट वाक ओभर पाएका छन् । बिष्ट र खत्रीको जोडीले फाइनलमा भारतका नन्दा के. र सानिया सिकन्दरको जोडीसँग प्रतिस्पर्धा गर्नेछन् । भारतीय जोडीले नेपालका निता लम्साल र सीमा राजबंशीको जोडीलाई २१–८, २१–१२ ले पराजित गरे ।
नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला एकलतर्फ भारतकी तस्निमा मिरले नेपालकी निता लम्साललाई २१–९, २१–९ को समान अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएकी छन् । तस्निमाले मलेसियाकी करुपथेभन लेत्शानासँग उपाधिका लागि फाइनल खेल्ने छिन् । लेत्शानाले भारतकी अनुपमा उपाध्यायलाई १७–२१, २१–१७, २१–८ ले पराजित गर्दै फाइनलमा स्थान बनाएकी हुन् ।
मिक्स डबल्सतर्फ पनि मिर आयन रशिदसँग मिलेर फाइनल प्रवेश गर्न सफल भईन् । उक्त जोडीले नेपालका गोकुल जोरा र निता लम्सालको जोडीलाई २१–१२, २१–११ ले पराजित गरे । अर्को प्रतिस्पर्धामा भारतकै मुरुगप्पा केएस र सानिया सिकन्दरको जोडीले नेपालका पेम्बा शेर्पा र सीमा राजबंशीको जोडीलाई २१–२, २१–११ ले पराजित गर्दै फाइनलमा स्थान बनाए ।
तस्वीर : दामोदर अर्याल
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१