३ किलोग्राम नक्कली सुनसहित भारतीय नागरिक पक्राउ

रासस
पौष २५, २०७६
nakali-gold

काठमाडौँ, २५ पुस । नेपाल प्रहरीले तीन किलोग्राम नक्कली सुनसहित १ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले ३ किलोग्राम नक्कली सुनसहित भारतीय नागरिक मोहनलाल गुजरातीलाई शुक्रवार बिहान गोङ्गबु नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नक्कली सुनको सिक्का बोकेर हिँडेको अवस्थामा गुजरातीलाई पक्राउ गरेको जानकारी दिए । पक्राउ गुजरातीलाई हिरासतमा राखेर ठगी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको लम्सालले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width