रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई २ लाख ५१ हजार सहयोग

आदर्श समाज सम्वाददाता
पौष २३, २०७६
rambazar jestha nagarik_Fotor

रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई समाजसेवी धनसिंह गुरुङ (गुरुङ मेडिकल) परिवारले २ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ।

मंगलवार रामबजार आयोजित स्वागत सम्मान कार्यक्रममा स्याङ्जा फेदिखोला गाँउपालिका मट्टिखान घर भई पोखरा निवासी समाजसेवी धनसिंह गुरुङ–रामसुवा गुरुङ दम्पत्तिका तर्फबाट १ लाख १ हजार, जेठा छोरा तमु धिं युकेका पूर्व अध्यक्ष सुवासिंह गुरुङ, बुहारी कमला गुरुङले ५० हजार, अर्का छोरा शुभमानसिंह गुरुङ, बुहारी रोजी गुरुङले ५० हजार र छोरी पवित्रा गुरुङले ५० हजार रुपैयाँ सहयोग गरेका हुन्।

केन्द्रलाई हालसम्म सबैभन्दा ठूलो रकम सहयोग गर्ने सहयोगी समाजसेवी धनसिंह गुरुङ–रामसुवा गुरुङलाई सम्मानपत्रसहित सम्मान गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि ज्येष्ठ नागरिक क्या. कुलबहादुर गुरुङले सम्मान गरेका थिए।

कार्यक्रममा रामबजार सोसाइटी युकेका पूर्व अध्यक्ष तथा जेष्ठ नागरिक मिलन केन्द्रका सहयोगी रुपक गुरुङलाई नेपाल आगमनको अवसरमा स्वागत गरिएको थियो।

कार्यक्रममा सहयोगदाता धनसिंह गुरुङले ज्येष्ठ नागरिकलाई सेवा सुविधा अभिवृद्धिका लागि आफूलगायत परिवारबाट सहयोग गरेको बताए।

कार्यक्रममा ज्येष्ठ नागरिक मिलन केन्द्रका परिकल्पनाकार, सामाजिक अभियन्ता महेश गुरुङले बोलेका थिए।

केन्द्रका अध्यक्ष क्याप्टेन थमनसिंह थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष माया गुरुङ भुजेलले स्वागत र सचिव ज्ञानबहादुर थापाले कार्यक्रम संचालन गरेका थिए। केन्द्रमा रामबजार क्षेत्रका २ सय ३६ ज्येष्ठ नागरिक आवद्ध छन्।

शैक्षिक तथा अतिरिक्त क्रियकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलबहादुर थापाले आगामि शैक्षिक सत्रदेखि नयाँ ढङ्गले अघि बढ्न केही योजना निर्माण गरिरहेको जानकारी दिए।

कार्यक्रमको सञ्चालन शिक्षक जयराम सुवेदीले गरेका थिए। सोही अवसरमा स्थानीय भागीरथी ओझा र राधिका ओझाले विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीलाई सहयोग रकम हस्तान्तरण गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width