माघमा भलिबल क्लब च्याम्पियनसीप

आदर्श समाज सम्वाददाता
पौष २३, २०७६
volleyball_Fotor

आगामी माघको पहिलो हप्तामा पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसीप हुने भएको छ। माघको ३ देखि १० गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा प्रतियोगिता हुने भएको हो। । प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ ८ टोलीको सहभागिता रहनेछ।

पुरुषतर्फ साविक विजेता आर्मी, एपीएफ, नेपाल पुलिस क्लब, हेल्प नेपाल स्पोर्ट्स क्लब, मणिमुकुन्द भलिबल क्लब, नयाँ बजार भलिबल क्लब, जावलाखेल भलिबल क्लब, ढोरपाटन स्पोर्ट्स क्लब, काभ्रे जिल्ला भलिबल संघ, गण्डकी प्रदेश, आरजी भलिबल ग्रुप र पार्वती युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ।

महिलातर्फ साविक विजेता एपीएफ, नेपाल पुलिस, न्यु डाइमन्ड, त्रिभुवन आर्मी, जावलाखेल ट्रेनिङ सेन्टर, ढोरपाटन भलिबल क्लब, चितवन टाइगर्स र गण्डकी प्रदेशको सहभागिता रहनेछ।

महिला तथा पुरुष दुवैतर्फका विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। सवोर्कृष्ट खेलाडीले २५ हजार पाउनेछन्। विधागततर्फ उत्कृष्ट स्पाइकर, लिब्रो, सर्भर, बल्कर, लिफ्टर र प्रशिक्षकले जनही १०/१० हजार हात पानेर्छन्।

सहभागी प्रत्येक टोलीले तीनजना विदेशी खेलाडी राख्न पाउने प्रावधान छ। यस प्रतियोगिताबाट पुरुषतर्फ ८ र महिलातर्फ ६ टोली राष्ट्रिय भलिबल लिगका लागि छनोट हुनेछन्। प्रतियोगितालाई राष्ट्रिय बाणिज्य बैंक (आरबीबी) ले मुख्य प्रायोजन गरेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै