लमजुङमा जिल्लाका दुई फुटबल खेलाडीलाई सम्मान

आदर्श समाज सम्वाददाता
पौष २२, २०७६
Football Kheladi Samman Lamjung

लमजुङ । लमजुङमा जिल्लाका दुई उपज फुटबल खेलाडीलाई सम्मान गरिएको छ ।

लमजुङका फुटबल खेलाडीहरु सावित्री भण्डारी ‘साम्बा’ र जय गुरुङलाई सम्मान गरिएको हो ।

२८ औं संस्करणको त्रिवेणी कपको समापन समारोहमा आयोजक त्रिवेणी क्लबले उनीहरूलाई सम्मान गरेको हो ।

जिल्लाबाट उत्पादन भएर राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा ख्याति कमाउन सफल भई लमजुङको गौरव बढाउको भन्दै फुटबल खेलाडीहरु सावित्री भण्डारी ‘साम्बा’ र जय गुरुङलाई सम्मान गरिएको आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष सिजन गुरुङले बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, अखिल नेपाल फुटबल संघका केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पा, संविधानसभा सदस्य जमिन्द्रमान घले, प्रदेश सभा सदस्यहरु धनञ्जय दवाडी र राजीव गुरुङले संयुक्त रुपमा उनीहरूलाई सम्मान गरेका हुन् ।

उनीहरूलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित समान १०÷१० हजार नगद प्रदान गरेको हो । भण्डारी र गुरुङ दुवै नियमित खेल अभ्यासमा रहेका कारण सम्मान कार्यक्रममा उपस्थित हुन नसकेपछि सावित्राकी बुबा थमबहादुर भण्डारी र जयकी आमा फूलमाया गुरुङलाई उक्त सम्मान प्रदान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै