जिल्ला सहकारी संघको ४६ औं साधारण सभा

आदर्श समाज सम्वाददाता
पौष २१, २०७६
sahakari_Fotor

जिल्ला सहकारी संघ पोखराको ४६औँ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ।

गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले उक्त कार्यक्रमको उद्घाटन गरेका थिए। उक्त अवसरमा मन्त्री थापाले जिल्ला सहकारी संघ कास्कीले सहकारी संस्थाहरुको हितमा उदाहरणीय कार्य गरेको बताए।

सरकारले आफ्नो नारा समृद्ध नेपाल र सुखी नेपाली लिएर अगाडि वढेको अवस्थामा सहकारीले उत्पादनमुखी कार्यको थालनी गर्नुपनेर्मा मन्त्री थापाको जोड थियो। एक सहकारी एक उत्पादनको नीतिलाई प्रदेश सरकारले अगाडि बढाएको बताउँदै उनले परियोजना प्रदेशमा पेश गर्न सहकारीलाई आग्रह गरेका छन्।

संघ कास्कीका अध्यक्ष रविरमण तिवारी अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको अतिथिका रुपमा सहकारी महासंघ नेपालका संचालक, गण्डकी प्रदेश सभा सदस्य प्रभा कोइरालाले सहकारीको मूल्य मान्यता अनुरुप सञ्चालन रहेका सहकारीले नाफा भन्दा पनि सदस्यको हितमा केन्द्रित हुनुपनेर्मा जोड दिइन्।

जिल्लामा रहेको सहकारी अभियानको अगुवा संघमा कास्की जिल्लामा दर्ता कायम रहेका सम्पूर्ण सहकारी संघ/संस्था आवद्ध रहेर संघको नेतृत्वलाई अगाडि लौजानुपर्ने, साथै केन्द्रबाट आयोजना गरिएका कार्यक्रममा कास्कीलाई समेटने कुरामा जोड दिइन्।

संघमा अध्यक्ष रविरमण तिवारीले प्रस्तुत गरेको संघको क्रियाकलाप तथा भावि कार्यक्रम, कोषाध्यक्ष कृष्णप्रसाद बरालले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन बरिष्ठ प्रवन्धक भोजराज घिमिरेले आर्थिक प्रतिवेदन, लेखा तथा सुपरिवेक्षण समितिका संयोजक महेश्वर अधिकारीले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन पारित गरिएको थियो।

कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सहकारी रजिष्टार बद्रीनाथ अधिकारी, राष्ट्रिय सहकारी बैंकका संचालक रामबहादुर जिसी, नेफ्स्कुन केन्द्रीय संचालक सदस्य कमला गिरी, सप्तगण्डकी दूग्ध उत्पादक सहकारी संघ कास्कीका अध्यक्ष पुण्यप्रसाद पौडेल, कफी सहकारी संघ कास्कीका अध्यक्ष आनन्द सुवेदी, पोखरा महानगर सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारी, राष्ट्रिय सहकारी बैंक पोखरा शाखा समन्वयन समितिका अध्यक्ष मेजर तुलसीप्रसाद गुरुङ लगाएतकाले संघको प्रगति तथा साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width