मानव मिलन लेखनाथद्वारा शैक्षिक सामग्री वितरण

आदर्श समाज सम्वाददाता
पौष १९, २०७६
20200103_143917_Fotor

मानव मिलन संस्था लेखनाथले कविशिरोमणि लेखनाथ आधारभूत विद्यालय पोखरा–२७, अर्चलेमा छात्रछात्राहरुलाई खाजा तथा शैक्षिक सामग्री प्रदान गरेको छ।

विद्यालयमा शुक्रबार एक कार्यक्रम आयोजना गरी उक्त सामग्री हस्तान्तरण गरिएको हो।

त्यस अवसरमा प्रमुख अतिथि संस्थाका सल्लाहकार तथा युवा नेता गुरु बरालले विपन्न वर्गका बालबालिका पढ्ने अधिकांश सरकारी विद्यालयहरुको दूरावस्था रहेको उल्लेख गर्दै सबैले सहयोग गर्नुपर्ने बताए।

उनले मानव मिलन लेखनाथ भर्खरै बामे सर्दै गरेको संस्था भए पनि प्रारम्भमै छात्रछात्रालाई राहत दिने कार्यमा अग्रसर भएकोमा सो कार्यको प्रशंसा गरे।

स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले विभिन्न संघसंस्थाबाट उपलब्ध राहतले विद्यालयमा विद्यार्थी संख्या वृद्धिमा सहयोग पुग्ने बताए।

मानव मिलन अन्तराष्ट्रिय महिला समितिकी सचिव सावित्री शर्माले संस्थाको मूलनारा नै स्वास्थ्य, शिक्षा, सेवा रहेको उल्लेख गर्दै उद्देश्य अनुरुप विभिन्न कार्यक्रम सञ्चालन गदैर्आएको बताइन्।

मानव मिलन पोखराका अध्यक्ष रेशमराज सुवेदीले कविशिरोमणिको पवित्र जन्मस्थलमा रहेको उक्त विद्यालयलाई व्यवस्थित र उत्कृष्ट बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा उपाध्यक्ष गुप्तप्रसाद शर्मा, विद्यालयका पूर्व प्रअ सूर्यबहादुर वाग्ले, नेपाली काँग्रेस कास्कीका सदस्य नम्रता बराल, संस्थाका सदस्य विश्वराज पौडेलले शुभकामना व्यक्त गरेका थिए।

पोखरा–२७ का वडा सदस्य समेत रहेका मानव मिलन संस्था लेखनाथका अध्यक्ष प्रेमप्रसाद बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा शिक्षिका लक्ष्मी लामिछाने, संस्थाको तर्फबाट कोषाध्यक्ष माया बराल, छात्र दिनेश अधिकारीले स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रमको सञ्चालन विद्यालय प्रअ तथा संस्थाका सचिव गुरुप्रसाद सापकोटाले गरेका थिए। यसैगरी, छात्राहरुले नृत्य प्रस्तुत गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width