मुख्यमन्त्रीले किने आफ्नै फोटो

आदर्श समाज सम्वाददाता
पौष १७, २०७६
IMG_2057_Fotor

पोखराका फोटो पत्रकारले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित नेपाल भ्रमण वर्ष–२०२० शुभारम्भ अवसरमा फेवाताल किनारमा बुधबार फोटो प्रदर्शनी गरेका छन्। उनीहरुले गण्डकीका ११ वटै जिल्लाका विभिन्न पर्यटकीय गन्तव्य तथा पर्यटन प्रवद्र्धन गनेर्खालका ७० वटा फोटो प्रदर्शनी गरेका हुन्।

बाराहीचोक नजिक राखिएको सो फोटो प्रदर्शनी अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य सहभागिता रहेको फोटो पत्रकार संघ कास्की अध्यक्ष प्रदीप पौडेलले जनाए। फोटो प्रदर्शनी अवलोकन गर्दै गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले पोखराका पत्रकारले खिचेका फोटोहरु उत्कृष्ट रहेको बताए। उनले फोटोको माध्यमबाट गण्डकीमा पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने भन्दै सो कार्यको प्रशंसा समेत गरे।

यसैबीच, मुख्यमन्त्रीले दोस्रो पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता उद्घाटनमा आफूले ब्याटिङ गदैर्गर्दाको फोटो मन पराएर २५ हजार रुपैयाँमा खरिद गरेका छन्। पोखराका अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितले सो तस्वीर क्यामरामा कैद गरेका थिए। मुख्यमन्त्रीले फोटोवापत २५ हजार रुपैयाँ दिने वचन गरेको रकम रञ्जितले फोटो पत्रकार संघ कास्कीको सहयोगार्थ हस्तान्तरण गर्ने घोषणा गरिसकेका छन्।

फोटो प्रदर्शनीमा हिमाली क्षेत्रदेखि तराईसम्मका पर्यटकीय गन्तव्यसहित जीवनशैली, भेषभूषा, रहनसहन झल्काइएको थियो। ती फोटोहरु पत्रकार रञ्जितसहित सुनिल उलक, राम गुरुङ, कृष्णमणि बराल, प्रदीप पौडेल, दुर्गाप्रसाद पौडेल, सञ्जय शाक्य, उमेश पुन, अशेष शाक्य, इन्द्रप्रसाद पौडेल, नारायण आचार्य लगायत विदेशी नागरिकले खिचेका हुन्। प्रदर्शनीमा २०२० सालदेखि २०३० सम्मका पोखराका ऐतिहासिक फोटो समेत राखिएको नेपाल फोटो पत्रकार महासंघ गण्डकी अध्यक्ष राम गुरुङले बताए। भ्रमण वर्ष उद्घाटनको मुख्य आकर्षण रहेको सो फोटो प्रदर्शनीलाई नेपाल पर्यटन बोर्ड र गण्डकी प्रदेश सरकारको सहयोग थियो। २०६२/०६३ को जनआन्दोलनसँगै पोखराका फोटो पत्रकार संगठित भएका हुन्। पोखराका फोटो पत्रकारले विभिन्न समय सन्दर्भमा फोटो प्रदर्शनी गदैर्आएको नेपाल फोटो पत्रकार महासंघ गण्डकी सचिव एवं फोटो पत्रकार संघ कास्कीका पूर्व अध्यक्ष कृष्णमणि बरालले बताए।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width