नेतृत्व विकास कार्यशाला शुभारम्भ

आदर्श समाज सम्वाददाता
पौष १७, २०७६
ija News Photo_Fotor

स्वतन्त्र पत्रकार संघ कास्कीको आयोजनामा उद्घोषण तथा नेतृत्व विकास कार्यशाला शुभारम्भ भएको छ।

समारोहको उद्घाटन गर्दै वडा १५ का वडाध्यक्ष प्रकाश पौड्यालले संघसंस्था सञ्चालन गर्ने व्यक्ति बोल्न सफल भए मात्रै व्यक्ति र संस्थाको विकास हुने बताए। उनले समृद्धिमा सामूहिक विकास अनिवार्य भएकाले संस्थागत प्रगतिमा महानगर सधैँ हातेमालो गर्न तत्पर रहेको धारणा राखे।

वडा १५ का जनप्रतिनिधि पार्वती कार्कीले १५ नम्बर वडाका सीमान्तकृत समुदायका दिदीबहिनी लक्षित गरेर तालिम आयोजना गरिएको बताउँदै दिदीबहिनीले अवसरलाई उत्सवमा परिणत गर्न दत्तचित्त भएर लाग्न अनुरोध गरिन्।

राष्ट्रिय भूमि अधिकार मञ्चका टेकबहादुर पुनले दिदीबहिनीलाई लक्षित गरेर आयोजना गरेको कार्यक्रम स्तुत्य रहेको बताए। पुनले थपे, ‘महानगर भएर पनि पिछडिएको क्षेत्रका रूपमा रहेको टोलमा स्वतन्त्र पत्रकार संघ कास्की जुन कार्यक्रम लिएर आयो, त्यसप्रति सदा ऋणी रहने छौं। ’

कार्यक्रममा भगवतीटार आमा समूहकी अध्यक्ष शशी गुरुङ, स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष असफल गौतम, उपाध्यक्ष तीलक थापा, संघका संघसंस्था समन्वय उपसमिति संयोजक सागर कार्की र सदस्य डिल्लीराम कार्कीलगायतले बोलेका थिए।

वडा १५ को समन्वयमा तीन दिनसम्म सञ्चालन हुने उक्त कार्यशालामा विभिन्न महिला समूहका ५५ दिदीबहिनीको सहभागिता छ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width