बुधवार (आज ) हिमपात र वर्षाको सम्भावना

एजेन्सी
पौष १६, २०७६
DxlP-2hWwAAeMID

काठमाण्डौ, १६ पुस । नेपालको हिमाली भागमा बुधवार हिमपात र देशका केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ ।

भारतबाट भित्रिएको पश्चिमी वायुको न्यून चापीय प्रणाली बुधवारदेखि सक्रिय बनेको मौसमविद्ले बताएका छन् । उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र देशका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

वरिष्ठ मौसमविद् वरुण पौडेलले बुधवारदेखि दपश्चिमी न्यून चापीय प्रणाली सक्रिय बनेको र यसका बादल नेपालका पश्चिमदेखि पूर्वसम्मका आकाशमा फैलिसकेको जानकारी दिए।देशको पूर्वदेखि पश्चिमसम्मकै भागको उच्च पहाडी तथा हिमाली भेगमा हिमपात एवं केही स्थानमा वर्षाको सम्भावना छ,’ वर्षर हिमपातसँगै केही दिन चुसो वढ्ने छ जसका कारण बालबालिका र वृद्धवृद्धाको कष्टपूर्ण दैनिकी हुने देखिएको छ ।

महाशाखाले पनि आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै मौसम बदलीसँगै वर्षा र हिमपातको सम्भावना रहेकाले र यसकै कारण चिसो रहिरहने हुनाले चिसोको असरका साथै अन्य प्रभावबाट बच्न सतर्कता अपनाउन अनुरोध गरेको छ । ‘दिउँसो घाम लाग्न नपाउने भएकाले अधिकतम तापक्रम धेरै घट्ने देखिन्छ,’ वरिष्ठ मौसमविद् पौडेलले भने, ‘जसले गर्दा देशभर चिसो बढ्छ।’ यो प्रणाली ३÷४ दिनसम्म रहने देखिएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width