पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले आयोजना गर्ने १३ औं हिसान कास्की स्पोर्टस् मिट पोखरा रंगशालामा जारी छ ।
बिहीबार पहिलो चरणका खेलहरु सम्पन्न भएको छ । शुक्रबार दोश्रो चरणदेखि क्वाटरफाइनलका खेलहरु हुनेछन् ।
पुसको ९ गतेदेखि शुरु भएको हिसान स्पोर्टस् मिटमा बिहीबार छात्रछात्रा दुवैतर्फ भलिबल, छात्रछात्रा टेबलटेनिस र छात्रछात्रा बास्केटबल प्रतियोगिता खेल जारी छन् ।
बिहीबार छात्र भलिबलतर्फ पहिलो चरण र प्रि–क्वाटरका केही खेलसहित १८ वटा खेल सम्पन्न भएका छन् । शुक्रबार बाँकी रहेको प्रिक्वाटर र क्वाटरफाइनलका खेल हुनेछन् ।
यसैगरि, बास्केटबल छात्रतर्फ बिहीबार भएको खेलमा न्यू ग्यालेक्सी, सोसल पब्लिक, प्रतिभा, सगरमाथा, पोखरा मावि, बालकल्याण, स्टेप बाई स्टेप र टप्सले आ–आफ्ना प्रिक्वाटरमा प्रवेश गरेका छन् । त्यस्तै, छात्रातर्फ भएको खेलमा न्यू ग्यालेक्सी, मदरल्याण्ड, हिलप्वइन्ट, सगरमाथा, टप्स, सोसल पब्लिक, ग्लोबल क्लेजियट र प्रतिभा प्रिक्वाटरमा प्रवेश गरेका छन् ।
त्यस्तै, टेबलटेनिस छात्र एकलतर्फ सगरमाथा, ग्लोबल, वेलनन्, स्टेप बाई स्टेप, टप्स्, जेसीए, बालप्रभात, लिटिल स्टेप, गुरुकुल, मदरल्याण्ड, अक्सफेर्ड, पश्चिमाञ्चल र पोखरा पहिलो चरण पार गरेका छन् ।
त्यस्तै बिहीबार नै भएको छात्रा एकलतर्फ ग्लोबल, प्रतिभा, सिर्जना, स्टेप बाई स्टेप, मदरल्याण्ड, कास्की मोडर्नाज्ड, सगरमाथा, पोखरा र गुरुकुल समेत पहिलो चरण पार गरेका छन् ।
त्यस्तै छात्र डबल्सतर्फको टेबलटेनिसमा सोसल पब्लिक, माउण्ट अन्नपूर्ण, पोखरा, मदरल्याण्ड, जेसीए, सगरमाथा, भास्कर, सिर्जना, पोखरा युनाइटेड, ज्योतीकुञ्ज, मल्टिपरपोज, मेरिगोल्ड, गोर्खा, स्टेप बाई स्टेप, प्रतिभा, गुरुकुल र पश्चिमाञ्चल तेश्रो राउण्डमा प्रवेश गरेका छन् ।
छात्रा डबल्सतर्फ मदरल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । प्रिक्वाटर र तेश्रो राउण्डका खेलहरु शुक्रबार जारी रहनेछ ।
तस्वीर : राजु गिरी
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१