अम्बरको नाममा संगीत पुरस्कार स्थापना गर्न अक्षयकोष

आदर्श समाज सम्वाददाता
पौष ६, २०७६
pousapa-1

पोखरा, ६ पुस । गीतकार तथा संगीतकार विक्रम गुरुङले अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कारका लागि अक्षयकोष स्थापना गर्ने भएका छन् ।

राष्ट्रिय गानका संगीतकार तथा नेपाली गीत संगीतमा योगदान पु¥याएका स्वर्गीय अम्बर गुरुङको नाममा ठूलो राशिको पुरस्कार स्थापना गर्ने उद्देश्यले अभियान शुरु गरिएको हो । संगीतकार विक्रम गुरुङले आफ्नै मातृ संस्था पोखरेली युवा सांस्कृतिक परिवार मार्फत अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार वितरण गरिने बताएका छन् ।

२० लाख रुपैयाँको अक्षयकोष स्थापना गरिने भएको जानकारी दिर्दै संगीतकार विक्रम गुरुङले हाल अक्षयकोषमा ८ लाख रुपैयाँ जम्मा भइसकेको जानकारी दिए । कोषको व्याजबाट दुई वर्षको फरकमा दुई देखि तीन लाख रुपैयाँ राशिको पुरस्कार गीत संगीत क्षेत्रमा व्यक्तिलाई पुरस्कृत गरिने छ । आफ्नो एकल साँझमा उठेको ५ लाखमा १ लाख रुपैयाँ थपेर विक्रम गुरुङले पुरस्कारको अक्षयकोषका लागि शनिवार रकम हस्तान्तरण गरेका छन् ।

पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व सदस्य लालप्रसाद गुरुङ र सुधा गुरुङ संयोजक रहेको नवीनतम उपन्यास प्रतिगन्धको अन्तराष्ट्रिय लोकापर्णसंगै सरुभक्तले साहित्यिक यात्राका अनुभव , कविता, गजल, मुक्तक कात्तिक २३ गते वेलायतमा पोखरेली मञ्च युकेद्वारा आयोजना गरिएको थियो । वेलायतको उक्त कार्यक्रमबाट संकलित साढे २ लाख रुपैयाँ समेत लालप्रसाद र सुधार अक्षयकोषमा राखिदिएका छन् ।
संगीत क्षेत्रका मूर्धन्य व्यक्ति अम्बर गुरुङका नाममा स्थापित पुरस्कारका निम्ती रकम हस्तान्तरण हुनु एतिहासिक कार्य भएको साहित्यकार सरुभक्तले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width