आर्थिक सम्बन्ध विस्तारबारे छलफल

आदर्श समाज सम्वाददाता
पौष ३, २०७६
chamber photo_Fotor

पोखरा चेम्बर अफ कमर्स कास्कीले नेपालका लागि बंगलादेशका राजदूत माशफी बिन्ट शाम्सको सम्मानमा बुधबार स्वागत तथा सम्मान कार्यक्रम गरेको छ ।

कार्यक्रममा राजदूत शाम्सले नेपालबाट बंगलादेश निर्यात हुने वस्तुहरुका सुन्तला, स्याउ र मौलिक हस्तकलाका समानहरु लोकप्रिय रहेको बताइन् ।

उनले बंगलादेशबाट रेडिमेट गामेर्न्टका सामानहरु नेपाल आयात हुने जनाइन् । राजदूत शाम्सले बंगलादेशका राष्ट्रपति मोहमद अब्दुल हमिदको नेपालको भ्रमणले पर्यटन प्रवद्र्धनमा सघाएको दावी गरिन् ।

करिब ३७ हजार बंगालादेशका नागरिकले नेपाल भ्रमण गरेको जानकारी दिँदै उनले आगामी दिनमा अधिकांश बंगालादेशका नागरिकले नेपाल भ्रमण गर्ने विश्वास व्यक्त गरिन् ।

पछिल्लो १० वर्षको अवधिमा बंगलादेशको आर्थिक वृद्धिदर उच्च रहेको उनले बताइन् । गण्डकी प्रदेश जलविद्युत उत्पादनका दृष्टिले प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उनले प्रदेशले बंगलादेशको सामाजिक तथा आर्थिक सुधारबाट धेरै पाठ सिक्न सक्ने धारणा राखिन् ।

पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले मुलुकको निर्यातयोग्य उत्पादनको प्रवद्र्धन र अन्तराष्ट्रिय बजारमा पहुँच बढाउन चेम्बरले कार्यक्रम गर्दै आएको बताए । कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य मीना गुरुङ, पोखरा चेम्बर अफ कमर्स कास्कीका उद्योगतर्फका उपाध्यक्ष गीता तिवारी, वस्तुगततर्फका उपाध्यक्ष यमनाथ पौडल, महासचिव उमराज बास्तोला, अन्तराष्ट्रिय विभाग प्रमुख रबिबहादुर विक, टान पोखराका अध्यक्ष हरि भुजेललगायतले मन्तव्य राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width