नेत्रहीन क्लबलाई म्युजिकल सामग्री

आदर्श समाज सम्वाददाता
मंसिर ३०, २०७६
natra_Fotor

विगत ६ वर्षदेखि नेपालका दृष्टिविहीन विद्यार्थीलाई विभिन्न माध्यमबाट सहयोग पु¥याउदै आएको नेपाली नेत्रहीन विद्यार्थी फाउण्डेशनले म्युजिकल सामाग्री प्रदान गरेको छ।

पोखराका आफ्नो प्रोजेक्ट अन्र्तगतका अमरसिंह मावि, कुँडहर आधारभूत विद्यालय, जनप्रकाश मावि भण्डारढिकका नेत्रहीन छात्रबासमा एफएनबिएस म्यूजिक क्लब गठन गरी प्रत्येक क्लबलाई बराबरको वाद्य बादन सामग्री प्रदान गरिनुको साथै तीन महिनको लागि संगीत प्रशिक्षकहरुको समेत व्यवस्थापन गरिएको छ।

दुईवटा विद्यालयलाई आवश्यक पर्ने एक लाख २४ हजार गण्डकी विकास बैंकबाट आर्थिक सहयोग प्राप्त भएको थियो।

उक्त समारोहमा गण्डकी विकास बैंकका अध्यक्ष सुशील गौचनले राज्यको ध्यान पुग्न नसकेकेा यस्तो संवेदनशील विषयमा नेत्रहीन फाउण्डेशनले पु¥याएको योगदानमाथि चर्चा गरेका थिए फाउण्डेशनका संस्थापक शिवलाल धितालले एफएनबिएस म्यूजिक क्लब गठन गर्नको उद्देश्य र उपादेयता माथि प्रकाश पारेका थिए।

संस्थाका अध्यक्ष सूर्य क्षत्रीको अध्यक्षततामा भएको तीनवटै विद्यालयको छुट्टा छ्ट्टै कार्यक्रमको सञ्चालन कार्यसमितिकी सदस्य तथा पोखरा उद्योग वाणिज्य संघकी उपाध्यक्ष बिन्दु कोइराला सुवेदीले गरेकी थिइन।

तीनवटै विद्यालयका म्युजिक क्लबका विद्यार्थीले वाद्यबादन सहित रोचक गीत गाएर कार्यक्रममा मनोरन्जन प्रदान गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width