हेमजाका तिमिल्सिनाको कुल पूजा

आदर्श समाज सम्वाददाता
मंसिर २७, २०७६
IMG_20191212_104727_Fotor

पोखरा २५, हेमजा बसोबास गर्दै आएका तिमिल्सिना बन्धुले बिहीबार आफ्नो कुल पूजा गरेका छन्।

मौद्गल्य ऋषिका सन्तति तिमिल्सिनाबन्धुले कुल मन्दिर निर्माण गरी आफ्ना ऋषिको स्थापनासँगै कुल पूजा गरेका हुन्।

कुल मन्दिर उद्घाटन गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले खुला समाजमा विविधता रहेको बताउँदै सबैलाई एकतामा समेट्न मन्दिरले भूमिका खेल्ने र गोत्र तथा कुलको हितको लागि एक हुनुपर्नेमा जोड दिए।

सल्लाहकार चूडामणि तिमिल्सिना र शोभाकर तिमिल्सिनाले आफ्नो वशंको रक्षा गर्नु दायित्व भएको बताए। कार्यक्रममा अध्यक्ष हिमलाल तिमिल्सिना र सानो कुलप्रसाद तिमिल्सिनालाई सम्मान गरिएको थियो।

मन्दिर उद्घाटन अघि हेमजा डँडालिथर निवासी रविलाल तिमिल्सिनाको घरबाट दीयोको साथमा बाजागाजा सहितको र्याली निकालिएको थियो। र्याली कुल मन्दिर मड्केल्नु पाखो चापाघाट पारी पुगेर सकिएको थियो। र्यालीको नेतृत्व प्रचारप्रसार संयोजक तिलक तिमिल्सिनाले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width