चिसाखोला वेद विद्याश्रममा अक्षयकोष दान सहयोग

आदर्श समाज सम्वाददाता
मंसिर २५, २०७६
bade

पोखरा–२५, मंसिर । पोखरा–१, भीमकालीपाटन हाल काठमाडौ, लाजिम्पाट निवासी विनोद शर्मा अधिकारीले आफ्ना पिता स्व. नरनाथ अधिकारीको स्मृतिमा पोखरा चिसाखोला वेद विद्याश्रम पोखरा–१८ चिसाखोला आश्रम संचालनका लागि १ लाख १ हजार रुपैयाँको अक्षयकोषको थप रकम प्रदान गरेका छन् । वेद विद्याश्रमका संरक्षक अग्निहोत्री वेदगुरु केदारनाथ उपाध्याय र कार्य समिति अध्यक्ष भगवती अधिकारीलाई उनले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

अक्षयकोष रकम हस्तान्तरण गर्दै दाता विनोद शर्मा अधिकारीले वेद विद्याश्रम स्थापनामा आफ्ना पूर्खाहरुको विशेष योगदान रहेको स्मरण गर्दैे पहिला आफ्नी आमा शारदा अधिकारीले स्थापना गरेको अक्षयकोषमा रकम थप गरेको बताए । वेद र संस्कृत शिक्षाको लोप हुन लागेको बेलामा चिसाखोला वेद विद्याश्रमले धर्म संरक्षणमा अतुलनीय कार्य गरेको भन्दै सबैलाई सहयोग गर्न समेत आग्रह गरे ।

वेद विद्याश्रमका मानार्थ प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सिनाले वेद विद्याश्रमको गतिविधि बारे प्रकाश पार्दै दाता परिवारहरुलाई धन्यवाद दिए । कार्यक्रममा वेद विद्याश्रम कार्य समितिका अध्यक्ष भगवती अधिकारी, शिक्षक राजेन्द्र अधिकारी लगाएतले धन्यवाद मन्तव्य राखेको कुरा वेद विद्याश्रमका सचिव गंगासागर उपाध्यायले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width