शैक्षिक सामग्री प्रदर्शनी प्रतियोगिता

आदर्श समाज सम्वाददाता
मंसिर २४, २०७६
kaski modanise_Fotor

कास्की मोडनाइज्ड एकेडेमीका विद्यार्थीद्वारा निर्मित विविध शैक्षिक सामग्री प्रदर्शनी प्रतियोगिता सम्पन्न भएको छ।

पाँच विधा विज्ञान तथा प्रविधि, सामाजिक, भाषा तथा साहित्य, गणित तथा पूर्व प्राथमिक तह गरी करीब २ सय ५० भन्दा बढी सामग्री प्रदर्शनी गरिएको थियो।

प्रतियोगितामा विज्ञान तथा प्रविधि विधामा रोवट समूह प्रथम, रक्त सञ्चार प्रणाली समूह द्वितीय, इन सेतु एण्ड एक्स सेतु समूह तृतीय, भेन्डिङ मेसिन समूह चौथो र ग्रिन हाउस तथा रोपवे समूह सान्त्वना भएका छन्।

गणित विधामा ह्यान्स फरमुला डिस्प्ले समूह प्रथम, भाषा तथा साहित्य विधामा विवाह मण्डव समूह प्रथम, पदवर्ग समूह द्वितीय, विवाह घर समूह तृतीय, प्रिपोजिन्स समूह चौथो र धार्मिक सहिष्णुता समूह सान्त्वना भएका छन्।

सामाजिक शिक्षा विधामा दशरथ रगंशाला समूह प्रथम, धार्मिक सैहिष्णुता समूह द्धितीय, म्याप अफ डिस्प्ले वोर्ड समूह तृतीय, स्मार्ट सिटि चौंथो र स्वयम्भुनाथ समूह सान्त्वना भए।

पूर्व प्रावि विधामा एक वचन र बहुवचन तथा वस्तुको नाम समूह प्रथम, जनावर घर समूह द्वितीय र पानीका स्रोत तथा प्राकृतिक र मानवनिर्मित वस्तु तृतीय स्थान हासिल गरेका छन्।

शिक्षकहरुमा पारिजातको शालिक समूह प्रथम, काल र पक्षहरु तथा वाईनरी प्रिन्टर समूह द्वितीय, घर तथा औद्योगिक सुरक्षा समूह तृतीय र सोलार कार समूह सान्त्वना भएका छन्। विद्यार्थीद्वारा निर्मित मानव रोवर्टले विद्यालयका संस्थापक प्राचार्य र व्यवस्थापन समितिको अध्यक्ष राधा नेपालीलाई फूल हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरिएको थियो।

कार्यक्रम संस्थापक प्राचार्य रामबहादुर मोचीले पाठ्यक्रममा पढेको कुरालाई व्यवहारमा रूपान्तरण गर्न यस्ता कार्यक्रम विद्यार्थीका लागि ज्यादै उपयोगी हुने उल्लेख गरे।

उत्कृष्ट सामग्रीलाई एन प्याब्सन कास्कीको बृहत् शैक्षिक प्रदशनीमा समावेश गराउने योजना रहेको कार्यक्रम संयोजक शिवु ढकालले बताए।

करिब १ हजार ९ सय विद्यार्थी र अभिभावकले प्रदर्शनी अवलोकन गरेको विद्यालय इन्चार्ज शिवलाल उपाध्यायले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width