सिमकोट, २० मंसिर । जिल्लाका वृद्धवृद्धा, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरु सरकारले दिने सामाजिक सुरक्षाभत्ता पाउनबाट वञ्चित भएका छन । सात गाउँपालिका रहेको हुम्लामा दशैँ अगाडि नै सरकारले दिने सामाजिक सुरक्षाभत्ता वितरण अहिलेसम्म हुनसकिरहेको छैन । जिल्लाको चङ्खेली गाउँपालिकाबाहेक अन्य छ पालिकाले सामाजिक सुरक्षाभत्ता वितरण गर्न ढिलाइ गरेका छन् ।
भत्ताबाट आएको रकमले न्यानो र नयाँ कपडा किनौँला, केही मिठोमसिनो खाउँला भन्ने सोच राखेका वृद्धवृद्धालाई गाउँपालिकाले भत्ता साउनमै उपलब्ध गराउनुपर्नेमा अहिलेसम्म वितरण नगर्दा निकै खल्लो लागेको सिमकोट गाउँपालिका–२ निवासी मैना बोहराले गुनासो गरे । आफूले पाएको भत्ताले जाडोमा न्यायो कपडा किन्ने सोच गरे पनि आशा मात्रै हुने उनको गुनासो थियो । यस्तै सिमकोट गाउँपालिका–५ निवासी अदनसिंह रावत साउनदेखि पहिलो चौमासिकतर्फको भत्ता वितरण नगरेको गुनासो गरे ।
छ गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण नगर्दा पाँच वर्षमुनिका बालबालिका, ६० वर्षमाथिका वृद्धवृद्धा, एकल तथा विधवा र अशक्त अपाङ्गता भएका व्यक्तिले भत्ता नपाएको गुनासो गरेका छन् । गाउँपालिकाका वडा नं १ देखि ८ सम्मका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता लेखापाल नभएकाले वितरण गर्न ढिलाइ भएको सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले जानकारी दिए । आठवटै वडाका वडाध्यक्षले रकम निकासाका लागि चासो नदिँदा अहिलेसम्म सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकिएको उनको भनाइ थियो । वडाध्यक्षहरुले आफ्नो वडामा रहेका वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, एकल महिला, बालबालिकाको विवरण पालिकामा नबुझाउँदा ढिलाइ भएको उनले जानकारी दिए ।
उनका अनुसार गाउँपालिकामा लेखापाल आएपछि रकम निकासा गरी अबको एक÷दुई दिनभित्र रकम वितरण गरिने छ । यस्तै जिल्लाको अदानचुली गाउँपालिकाले कर्मचारीको अभावले चौमासिकतर्फको भत्ता वितरण गर्न नसकिएको बताएको छ । अदानचुली गाउँपालिकामा रहेका छ वडामा एक मात्रै सचिव रहेको हुँदा काम गर्न समस्या भएकाले वितरणमा ढिलाइ भएको पालिका अध्यक्ष दल फडेराले जानकारी दिए । भत्ता रकम आए पनि रकम निकासा गर्नका लागि कर्मचारी समायोजनले गर्दा लेखापालको सरुवा भएको हुँदा र रकम निकासा नभएको उनको भनाइ थियो ।
खार्पुनाथ गाउँपालिकामा पनि सुरक्षाभत्ता वितरण हुन सकेको छैन । पालिकाले रकम निकासा गरे पनि उपनिर्वाचनलगायत विभिन्न कारण देखाउँदै वितरण गर्न नसकिएको गाउँपालिकाका अध्यक्ष कर्ण रावलले जानकारी दिए । त्यस्तै सर्केगाड गाउँपालिकाले पहिलो किस्ताको प्रथम चौमासिक वितरण गरे पनि दोस्रो चौमासिक भत्ता वितरण गर्न सकेको छैन । यस्तै ताँजाकोट गाउँपालिकाले पनि सुरक्षाभत्ता वितरण गर्न ढिलाइ गरेको छ । नाम्खा गाउँपालिकामा पनि अब केही दिनमा रकम निकासा गरी वितरण गर्ने अध्यक्ष विष्णु लामाले जानकारी दिए । जिल्लाको चङ्खेली गाउँपालिकाले अहिलेसम्मको सबै सामाजिक सुरक्षाभत्ता वितरण गरेको उपाध्यक्ष विमला शाहीले जानकारी दिइन् ।
भत्ताको रकमबाट लत्ताकपडालगायतका विभिन्न खर्च चलाउँदै आएका वृद्धवृद्धा लामो समयसम्म भत्ता नपाउँदा निकै समस्यामा परेका छन् । कर्मचारी समायोजनका कारण र सामाजिक सुरक्षाभत्ता पाउने व्यक्तिको रेकर्ड नहुँदा रकम निकासामा ढिलाइ भएको हो । दुर्गम क्षेत्रका अधिकांश ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ताकै भरमा जीवन निर्वाह गर्नुपर्ने बाध्यता छ । सरकारले ६० वर्ष उमेरका ज्येष्ठ नागरिकलाई मासिक १ हजार, ७० वर्षभन्दामाथिका ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिलाई २ हजार, आंशिक अपाङ्गता भएका व्यक्तिलाई ६ सय एकल महिलालाई १ हजार, बालबालिकालाई २ सय उपलब्ध गराउने प्रावधान बनाएको छ ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
hero news full width
मुख्य समाचार
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१