गौरिकाले ल्याइन पौडीमा स्वर्ण

आदर्श समाज सम्वाददाता
मंसिर १९, २०७६
khal

पोखरा, १९ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पौडी खेलाडी गौरिका सिंहले कीर्तिमानी स्वर्ण पदक जितेकी छन्।

उनले बिहीबार सातदोबाटोस्थित पौडी पोखरीमा भएको स्पर्धामा २०० मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी हुन्। पौडीको व्यक्तिगत स्पर्धातर्फ नेपालको जितेको यो पहिलो स्वर्ण हो।
यसअघि नेपालले टिम इभेन्टमा मात्र स्वर्ण जितेको छ। आठौ सागमा नयना शाक्य, रुबिना प्रधान, रुना प्रधान र स्तुति सिंहले ४ गुणा १०० रिलेमा नेपालका लागि पहिलो स्वर्ण जितेका थिए । महिला २ सय मिटर फ्रिस्टाईलमा भारतले रजत र बंगलादेशले कास्य जितेको छ ।

आठौँ राष्ट्रिय खेलकुदमा १२ स्वर्ण जितेकी गौरिकाले सागमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको थियो। यससँगै १३ औं सागमा नेपालको स्वर्ण संख्या ३३ पुगेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width