तनहुँ जिल्ला रिसिङगाउँपालिका स्थित शुक्ला माविको वार्षिकोत्सव एवम अभिभवक दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।
२०३७ सालमा स्थापना भएको उक्त विद्यालयको वार्षिकोत्सवको उद्घाटन गर्दै तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का सासंद केदार सिग्देलले अबको शिक्षा बाल मैत्री, व्यवहारिकका साथै रोजगारमुखी हुनुपर्ने बताए।
प्राविधिक शिक्षा आजको महत्वपूर्ण आवश्यताको विषय भएको बताउँदै प्रमुख अतिथि सिग्देलले विद्यालयमा विविध विधामा विद्यालयको चौतर्फी विकासका लागि अहोरात्र खटिएर योगदान पुर्याउने ८ जना अभिभावकलाई सम्मान गरिएको थियो।
यसैगरी कार्यक्रमको विशिष्ट अतिथिका रुपमा रहेका रिसिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले सिङ्गो गाँउपालिकाको प्रमुख प्राथमिकता भनेको नै शिक्षा भएको वताउदै शिक्षाको सार्वाङ्गीण विकास नभए देशको कुनै क्षेत्रको पनि विकास सम्भव नहुने बताउँदै जनजातिको वाहल्यता भएको सामुदायिक अंग्रेजी विद्यालय प्रदेशकै नमूना विद्यालय हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा सोही विद्यालयका विज्ञान विषयका शिक्षक देशु चौधरी र अंग्रेजी विषयका शिक्षक विजय थापालाई गुणस्तरीय शिक्षा प्रदानकर्ताका रुपमा योगदान पुरएको भन्दै नगद र प्रमाणपत्रसहित दोशलला ओडाएर सम्मान गरिएको थियो।
कार्यक्रममा नेकपा गण्डकी प्रदेश सदस्य मदन आले, रिसिङगाउँपालिका उपप्रमुख गिनु थापा मगर, नेपाल मगर संघका जिल्ला अध्यक्ष मनिराज थापा, सोही विद्यालयका शिक्षक प्रमोद न्यौपानेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
विद्यालयका प्रधानाध्यापक केशरबहादुर थापाले विद्यालयको वार्षिक प्रतिवेदन पेश गरेका थिए। कार्यक्रमलाई थप रोचक पार्न कराँते खेलको काँता प्रदर्शन विद्यालयको पीटी प्रदर्शन गरिएको थियो।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१