नोभेल एकेडेमीद्वारा रक्तदान

आदर्श समाज सम्वाददाता
मंसिर १६, २०७६
blood donation

नोभेल एकेडेमी न्यूरोड पोखराले अठारौं वार्षिकोत्सवको अवसरमा आइतवार खुला रक्तदान कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रममा ४२ जनाले रक्तदान गरेका थिए।

स्वतन्त्र पत्रकार संघका संस्थापक अध्यक्ष तथा आदर्श समाज दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोलाले पहिलो रक्तदाता एकेडेमीका एमबीए कोअर्डिनेटर श्री निवास माधवनलाई ब्लडब्याग हस्तान्तरण गरेर उक्त कार्यक्रमको उद्घाटन गरेका थिए। प्रमुख अतिथि बास्तोलाले रगतको विकल्प अरु नभएको र रक्तदानबाट अरु मानिसले जीवन पाउने हुनाले नै रक्तदानलाई जीवनदान र महादान भनिएको उल्लेख गर्दै एकेडेमीले महत्वपूर्ण सामाजिक कार्य गरेको बताए।

रक्त सञ्चार केन्द्र पोखराका प्रमुख धु्रवमणि लामिछानेले रक्तदानको महत्वबारे चर्चा गर्दै स्वस्थ मानिसले रक्तदान गर्न सक्ने बताए।

अध्यक्षको आशनबाट एकेडेमीका अध्यक्ष विशेश्वर आचार्यले विगत वर्षमा जस्तै १८ औं वार्षिकोत्सवमा पनि विविध कार्यक्रमको आयोजना गरिएको जानकारी दिए।

सञ्चालन प्रबन्धक दिनेश भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

एकेडेमीले स्नातक तहमा बीएस्सी नर्सिङ, बी फामेर्सी, बीबीए तथा स्नातकोत्तरतर्फ एमबीएको पढाइ सञ्चालन गर्दै आइरहेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width