लायन्स क्लब अफ पोखरा पिस सिभिकले विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी वितरण गरेको छ।
पोखरा ३१, बेगनासको गोल्ठेपानीस्थित विश्वज्योति आधारभूत विद्यालयका ३९ जना विद्यार्थीलाई कपडा र स्टेशनरी वितरण गरिएको हो।
कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्टिक ३२५ बी १ नेपालका क्याबिनेट सेक्रेटरी विनोद ढुंगानाले जाडो समयमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरेर क्लबले प्रशंसनीय कार्य गरेको बताए।
क्लब अध्यक्ष युवराज खनालको अध्यक्षतामा भएको कार्यक्रममा लायन्सका क्लस्टर प्रमुख पृथ्वीराज तिमिल्सिना, रिजन चियरपर्सन पवित्रराज तिवारी, वडा सदस्य पूर्णाखर पाण्डे, लायन्स क्लब अफ पोखरा मिड टाउनका अध्यक्ष सुरेन्द्र पौडेल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष चतुरे विक, प्रधानाध्यापक सोमनाथ कँडेल, पूर्व शिक्षक कृष्णप्रसाद कँडेल, प्रथम उपाध्यक्ष किरण ढकाल, सचिव रेशम खड्का, कार्यक्रम संयोजक नरेशप्रसाद बराल र क्लबका कोषाध्यक्ष विकासप्रसाद कँडेलले बोलेका थिए।
बागलुङ, २० मंसिर । कालीगण्डकी नदीमा मात्र पाइने दुर्लभ एवं बहुमूल्य शिला शालिग्राम अब सङ्ग्रहालयमा देख्न पाइने भएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिर परिसरमा भूमिगत ‘स्वामी श्रीधराचार्य शालिग्राम सङ्ग्रहालय’ निर्माण गरिएको हो । सङ्ग्रहालयको आइतबार पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलगायतबाट सामूहिक उद्घाटन हुँदैछ । छिटपुटबाहेक सङ्ग्रहालय निर्माणको काम सकिएको मन्दिरका अध्यक्ष…
तपाइको विचार व्यक्त गर्नुहोस्