पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले धार्मिक र सांस्कृतिक सम्पदा राष्ट्रको सम्पत्ति भएकोले संरक्षणमा महानगरले जोड दिएको बताएकी छन्।
पोखरा १८ स्थित पल ङाध्युर साङ्ङाय् छ्योइलिङ गुम्बामा आयोजित “म्हनि धुङध्यूर थुग्ज्ये छेयन्पो खोलो”को मंगलबार उद्घाटन गर्दै उपप्रमुख गुरुङले महानगरपाभित्र रहेका धार्मिक र सांस्कृतिक सम्पदाहरुको संरक्षणका लागि महानगर लागिपरेको बताइन्।
उनले वुद्ध शिक्षाले सबै मानवजीवनको कल्याण गर्ने उल्लेख गर्दै हिंसा, कुण्ठा, लोभ र कसैको अहित हुने काम गर्न नहुने वुद्ध शिक्षा हो सन्देश हो भनिन्।
पोखरा १८ का वडाध्यक्ष रणबहादुर थापाले गुम्बाले पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने विश्वास ब्यक्त गरे। उनले सराङ्कोट पर्यटकीय क्षेत्र भएकाले पर्यटन विकासमा गुम्बाले सहयोग पुग्ने बताए।
उक्त गुम्बामा भगवान् वृद्धको देवअवतरण तिथिको साथै बौद्ध धर्मालम्वीहरुको महत्वपूर्ण दिन अवसवरमा १३ फुट १० इञ्च मोटाइ, ५ फुट ४ इञ्च उचाइ, १६ सय केजी तौल र १ अर्ब २५ करोड ४० लाख मन्त्र संख्या सहितको नवनिर्मित “म्हनि धुङध्यूर थुग्ज्ये छेयन्पो खोलो” उद्घाटन गरिएको हो। सोक्रममा उपप्रमुख गुरुङले गुम्बालाई १० हजार आर्थिक सहयोग समेत प्रदान गरिन्।
गुम्बाका गुरुलामा धोर्जे लोपेन (गुप्ती गुरुङ)को अध्यक्षतामा भएको कार्यक्रममा दीपक गुरुङले गुम्वाको स्थापना लगायत बुद्ध धर्मबारे बोलेका थिए।
Related News
सम्बन्धित समाचार
पोखरा ६ मा साबुन बनाउने तालिम
रोजगारी दिनेभन्दा खोज्ने कम : २ सय ४५ जनाले पाए रोजगारी
गण्डकी बोर्डिङका शिक्षकलाई तालिम
प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
एनटिभिएको शुभकामना आदानप्रदान
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१