नेपाल ब्याडमिन्टन संघको आयोजना तथा एशिया ब्याडमिन्टन महासंघको तत्वावधानमा संचालित योनेक्स सनराईज नेपाल अन्तराष्ट्रिय च्यालेञ्ज २०१९ को बुधबार शुरुवात भएको छ।
युवा तथा खेलकुद मन्त्री श्री जगतबहादुर सुनार बिश्वकर्माले खेल उद्घाटन गर्दै प्रतियोगिताको सफलताको शुभकामना ब्यक्त गरे। कार्यक्रममा संघीय संसद् एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना लगायतको उपस्थिति थियो।
संघको आयोजनमा पहिलो पटक संचालन भएको सो च्यालेञ्जमा दीपेश धामी र विष्णु कटुवालले विजयी शुरुवात गरे। दीपेशले भारतका दीपक शर्मामाथि २१ – १०, २१ – १६ को जित निकाल्दै दोश्रो चरणमा प्रवेश गरेका हुन्। यस्तै विष्णुले भुटानका निदुप दोर्जीलाई पराजित गर्दै दोश्रो चरणमा स्थान बनाए।
नेपालका उदीयमान खेलाडी प्रिन्स दाहालले पनि नेपालीहरुको विश्वास कायम राख्न असफल भए। दुवई अन्तराष्ट्रिय सेरिज र हालै मालदिभ्समा सम्पन्न जुनियर च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शनका साथ पदक हात पार्न सफल दाहाल च्यालेञ्जमा दोश्रो बरियता प्राप्त रसियाका सर्जी सिरान्त संग २१ – १७, २१ – १२ को पराजित भए।
यस्तै अन्य खेलाडी सुनिल जोशी र जीवन आचार्यले पनि नेपाली दर्शकलाई निरासनै प्रदान गरे। सुनिल अष्ट्रेलियाका खेलाडी केथ मार्क ईडिसन संग २२ – २०, २१ – ११ ले तथा जीवन भारतका सिलि बर्मासंग २१ – १२, २१ – १३ ले पराजित भए।
महिला तर्फ नेपाली खेलाडीहरुको प्रदर्शन निराशाजनक रह्यो। १३ औं दक्षिण एशियाली खेलकुदका लागि तयारीमा रहेको खेलाडीहरुले विदेशी खेलाडीका सामु टिक्न सकेनन्। महिला युगलतर्फ अमिता गिरी र अनुमाया राईको जोडी भारतका कुहु गर्ग र अनुष्का पारिखसंग २१ – १७, २१ – ८ ले, पुजा श्रेष्ठ र जेशिका गुरुङ्ग बंगलादेशका अक्तर सप्ला र अलिना सुल्तानसँग २१ – ९, २१ – १४ ले, नीता लम्साल र सीमा राजबंशीको जोडी भारतका मनिषा र रुतापर्ना पन्डासँग २१ – १४, २१ – १४ को समान अन्तरले तथा रशिला महर्जन र सीता राईको जोडी भारतकै अपर्ना बलान र त्रिशा जोलीसँग २१ – १०, २१ – १० को समान अन्तरले पराजित भए। २५ हजार डलर पुरस्कार राशी रहेको च्यालेञ्जमा पुरुष तथा महिला एकल र युगल तथा मिश्रित युगल गरी कुल ५ विधामा नेपाल लगायय २१ राष्ट्रका १ सय ४९ खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१