गण्डकीको बीमा रकम भुक्तानी

आदर्श समाज सम्वाददाता
कार्तिक २६, २०७६
bima_Fotor

गण्डकी विकास बैंक लि., तालचोक शाखाद्वारा सञ्चालित समूहमा आवद्ध लघुवित्त कार्यक्रमअन्तर्गत जीवन बीमाको मृत्युदाबी भुक्तानी गरिएको छ।

पोखरा २८, माझठाना निवासी ४२ वर्षीया समूहकी सदस्य श्रीमती गंगा भूर्तेलको गत साउनमा वेगनासतालमा लुगाधुने क्रममा डुबेर निधन भएकोले निजका श्रीमान् शिवराज भूर्तेललाई बीमा दाबी बराबरको ४ लाख १३ हजार रुपैयाँ भुक्तानी गरिएको हो।

स्व. भूर्तेलले ३ वर्षदेखि बैंकको तालचोक शाखाबाट सामूहिक जमानीमा पटक पटक बिनाधितो कर्जा लिइ ब्यापार व्यवसाय गर्दै आएकी थिइन्।

बैंकले समूहमा आवद्ध सदस्यलाई बिनाधितो कर्जा प्रदान गर्दा मृत्युपर्यन्त परिवारका सदस्यलाई आर्थिक व्ययभार नपरोस् भन्ने अभिप्रायले मेट लाइफ बीमा कम्पनीसँग सम्झौता गरी सदस्यको व्यक्तिगत बिमा गर्ने गरेको छ।

उक्त बीमादाबी रकम निजको घरमा गई स्व.भूर्तेलका परिवारप्रति सहानुभूति प्रकट गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले सो रकम बराबरको चेक हस्तान्तरण गरेको जानकारी तालचोक शाखाका शाखा प्रबन्धक सन्तोष गुरुङले दिए।

Related News

सम्बन्धित समाचार

hero news full width