निःशुल्क स्वास्थ्य शिविर

आदर्श समाज सम्वाददाता
कार्तिक २५, २०७६
0-02-03-9ab7420f1979bcd56e4fe1bb172c3cf29ffd6024139cddb5c4b307d4829dc151_full_Fotor

आँधीखोला गाउँपालिका वडा १, राजास्वाँरा, सिरुवारीमा निःशुल्क स्वास्थ्य शिविर भएको छ। लायन्स क्लब पोखरा अन्नपूर्णको आयोजना, फिष्टेल हस्पिटल पोखरा र सेन्टर क्वीन्सल्याण्ड युनिभर्सीटी अष्टेलियाको प्राविधिक सहयोगमा भएको शिविरबाट ५ सय २५ जना लाभान्वित भएका छन्।

शिविर शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष सुधीरकुमार पौडेलले लायन्स क्लब अन्नपूर्णले गाउँमा आएर स्वास्थ्य सेवा दिएकोमा खुसी व्यक्त गरे। कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष लोकप्रसाद ढकाल, कार्यक्रम संयोजक सोनाम साङ्पोले बोलेका थिए। क्लब अध्यक्ष प्रदीप राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष रविन्सन प्रजुले स्वागत र सचिव गणेश छविले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width