अमरसिंह चोकमा स्मार्ट शौचालय

आदर्श समाज सम्वाददाता
कार्तिक २४, २०७६
CPj3WJO2Rk6cCStyf47o

पोखरा,२४ कात्तिक । पोखराको अमरसिंहचोकमा निर्माण गरिएको ‘स्मार्ट’ सार्वजनिक शौचालय शनिवार उद्घाटन भएको छ । पोखरा महानगरपालिका र विभिन्न संघसंस्थाको साझेदारीमा २६ लाख ६६ हजार रुपैयाँको लागतमा शौचालय निर्माण गरिएको हो ।

शौचालय निर्माणमा महानगरले १४ लाख ४३ हजार ५ सय ८५ रुपैयाँ लायन्स अन्तर्राष्ट्रिय ३२५ बी–१ नेपालले ५ लाख रोटरी क्लब अफ मिडटाउनको ४ लाख, अमरसिंह व्यापार व्यवसायी समितिले १ लाख रुपैयाँ सहयोग गरेका हुन् ।

उपभोक्ता समितिका अध्यक्ष ओमप्रसाद सुवेदीका अनुसार शौचालय निर्माणमा २६ लाख ६६ हजार ३ सय ४३ रुपैयाँ खर्च भएको बताए । भवनको भूइतलामा बाल तथा अपाङ्गमैत्री सेन्सरजडित छ ।

शनिबार स्मार्ट शौचायलको उद्घाटन गर्दै महानगरप्रमुख मानबहादुर जिसीले सङ्घसंस्थाको समेत लागत साझेदारीमा निर्माण गरिएको शौचालयको संरक्षण तथा व्यवस्थापन हुनेमा आशावादी बने । महानगरले चालू आर्थिक वर्षभित्रमा बजार अन्य मुख्य चोकहरुमा समेत शौचालय निर्माणका लागि बजेट विनियोजन गरिएको र यसै वर्ष काम शुरु गरिने उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width