३ सय २ रनसँगै एमसीसीको अग्रता

आदर्श समाज सम्वाददाता
कार्तिक २२, २०७६
MCC England Cricket_Fotor

नेपालविरुद्धको तीन दिवसीय (फस्ट क्लास) क्रिकेटमा इङ्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले ३ सय २ रनको फराकिलो अग्रता बनाएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहिबार नेपाललाई सस्तैमा समेटेर दोस्रो इनिङ्स थालेको एमसीसीले दोस्रो दिनको खेल सकिदाँ २१ ओभरमा २ विकेट गुमाएर ९१ रन जोड्न सफल भएको छ।

एमसीसीका विल रोड्स ३० रनमा आउट भए। बिली गोडलम्यान ३९ रनमा पेभेलियन फर्किए। टम वेस्ट्ली १७ रनमा अविजित रहे। नेपालका पवन सराफ र ललित राजवंशीले समान १ विकेट लिए।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले पहिलो इनिङ्समा १०१ ओभर ५ बलमा अलआउट हुँदै ३ सय ६४ रन बनाएको थियो। पहिलो दिन ८७ ओभरमा ६ विकेट गुमाएर ३ सय ११ रन जोडेको एमसीसीले दोस्रो दिन बिहिबार ५३ रन जोड्दा बाँकी ४ विकेट गुमायो।

एमसीसीका लागि चार खेलाडीले अर्धशतक बनाए। एमसीसीका विल रोड्स ७३ रनको अर्धशतकीय इनिङ्स खेले। विल भान्डेर्सपारले ५३ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै, मिल्स हाम्मोन्डले ५२ रनको अर्धशतकीय इनिङ्स खेले। यासिर अराफाट ६५ रनमा अविजित रहे। टम वेस्ट्लीले ३९ रन जोडे। एलेक्स थोम्पसनले ३० रनको योगदान गरे।

नेपालका सन्दीप लामिछाने र करण केसीले समान ३ विकेट लिए। यस्तै, सोमपाल कामी र शरद भेषवाकरले समान २ विकेट लिए। पहिलो इनिङ्समा नेपाल ४४ ओभर ४ बलमा १५३ रन जोडेर अलआउट बन्यो। नेपाल फलो–अनमा समेत परेको थियो। तर, एमसीसीले नेपाललाई फलो–अन नदिई पुनः ब्याटिङ गरेको हो।

खराब ब्याटिङ गरेको नेपालले लन्च ब्रेकसम्म १८ रन जोड्दा महत्वपूर्ण तीन विकेट गुमाएको थियो। नेपालका कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट भए। राजु रिजालले ८ रन जोडे। यस्तै, शरद भेषवाकर ४ रनमा आउट बने।

यस्तै नेपालले ३१ रन जोड्दा पाँच विकेट गुमायो। विनोद भण्डारी र सोमपाल कामीले अर्धशतकीय साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए। विनोदले ३६ रनको योगदान दिए। सोमपाल २६ रनमा आउट भए।

त्यसपछि, आएका सन्दीप लामिछानेले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ३९ रन बनाए। उनले ४ छक्का र २ चौका प्रहार गरेका थिए। सन्दीपले अन्तिम विकेटको लागि ललित नारायण राजवंशीसँग ४२ रनको साझेदारी गरे। ललित शून्य रनमा आउट भएका थिए।

यस्तै, नेपालका आरिफ शेखले १० रनको योगदान गरे। एमसीसीका यासिर अराफात र एलेक्स थम्पसनले समान ३ विकेट लिए। तर, पहिलो इनिङ्समा नेपाल ४४ ओभर ४ बलमा १५३ रन जोड्दा अलआउट भएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै