पूर्वाञ्चल गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

आदर्श समाज सम्वाददाता
कार्तिक २२, २०७६
Purbanchal Gold Cup_Fotor

काठमाडौँको चर्च ब्वाइज युनाइटेड हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। गोर्खा ब्वाइज स्पोर्टस क्लब बुटवलमाथि टाइब्रेकरमा ४–२ को जित निकाल्दै चर्च ब्वाइजले सेमिफाइनलमा स्थान बनाएको हो।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिहीबार भएको अन्तिम क्वाटरफाइनलमा निर्धारित समयमा खेल बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा गरिएको थियो। निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो।

खेलमा अग्रता चर्च ब्वाइजले लिएको थियो। ६६ औँ मिनेटमा कप्तान सन्तोष न्यौपानेले टोलीलाई अग्रता दिलाएका थिए। लगत्तै त्यसको २ मिनेटपछि गोर्खा ब्वाइजका रुमेश बाँस्तोलाले बराबरी गोल फर्काए।

चर्च ब्वाइजका उमेश राई, राजेन्द्र रावल, कैलाश बस्नेत र पाल्साङ लामाको प्रहार गोलमा परिणत भएको थियो। गोर्खा ब्वाइजका तर्फबाट रुपेश केसी, दिपक राईले गोल गरे। बुद्ध चेम्जोङ र मनोज श्रेष्ठको प्रहार चर्च ब्वाइजका गोलरक्षक विनय श्रेष्ठले बचाउ गरे। प्रतियोगिताको विजेताले १२ लाख ५० हजार र उपविजेताले ६ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

Related News

सम्बन्धित समाचार

hero news full width