कतारतर्फ सुटिङको महिला टोली

आदर्श समाज सम्वाददाता
कार्तिक १८, २०७६
Nepali Shooting Team, QUATAR

पोखरा । सुटिङका दुई खेलाडी सहित तीन सदस्यीय नेपाली टोली आइतबार कतारको दोहा प्रस्थान गरेको छ ।

कतारमा हुने १४ औं एसियाली सुटिङ च्याम्पियनसीपमा सहभागिताका लागि टोली त्यसतर्फ गएको हो ।

नोभेम्बरको ३ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा दुई महिला खेलाडीले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछन् । खेलाडीहरुमा सुस्मिता नेपाल र कल्पना परियार छन् । दुवै नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि छनोट भएका खेलाडी हुन् ।

टोकियो ओलम्पिकका लागि खेलाडी छनोटका रुपमा समेत प्रतियोगिताको आयोजना गरेको हो । प्रशिक्षक तथा व्यवस्थापकमा प्रदीप खाती छन् । खाती नेपाल सुटिङ संघका सचिव एवं सुटिङका पूर्व मुख्य प्रशिक्षक समेत हुन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच बिदाइ गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै