मुख्यमन्त्री अमेरिका प्रस्थान

आदर्श समाज सम्वाददाता
कार्तिक १५, २०७६
chif minister

पोखरा, १५ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ साताव्यापी भ्रमणका लागि सयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन ।

अमेरिकी डिपार्टमेण्ट अफ जस्टिसको निमन्त्रणामा मुख्यमन्त्री गुरुङ सहित आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान, मुख्य न्यायधिवक्ता डा.राजेन्द्र घिमिरे र गण्डक िप्रदेश प्रहरी प्रमुख विनोद शर्मा घिमिरे शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन ।

भ्रमणको क्रममा संघीय शासन प्रणालीमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय स्थापीत गर्न सघाउने विभिन्न राज्यका तालिममा भ्रमण टोलीका प्रतिनिधि सहभागी हुने बताइएको छ ।

मुख्यमन्त्री गुरुङका अनुसार प्रहरी र न्याय समितिहरुले तहगत रुपमा गरेका समन्वयको विषयमा भ्रमण टोलीले विस्तृत अध्ययन गर्नेछ । ‘अमेरिकी राज्यहरुमा संघ र राज्यका प्रहरीहरुले कसरी समन्वय गरेर काम गरेका छन, यसमा पनि भ्रमण केन्द्रित हुनेछ’ मुख्यमन्त्री गुरुङले भने– ‘महान्यायधिवक्ता, मुख्यन्यायधिवक्ता र स्थानीय न्याय समितिहरुले कसरी समन्वय गरेर काम गरेका छन् यसमा पनि अमेरिकाबाट सिक्न चाहन्छौ ।’

संघीयतामा होरिजेण्टल र भर्टिकल चेन अफ कमाण्ड कसरी स्थापीत गर्ने भन्ने विषयमा छलफल गर्न विभन्न राज्यका प्रतिनिधिहरुसंग भेट गर्ने कार्यक्रम तय भएको छ मुख्यमन्त्री गुरुङले भने– महान्यायधिवक्ता र मुख्यन्यायधिवक्ताको कार्यलायले गर्ने स्थानीय तहमा हुने शान्ति समितिले कसरी सहयोग र सहकार्य गर्न सक्छ भन्ने विषयमा समेत भ्रमणको क्रममा छलफल हुनेछ ।

प्रहरीले नागरिकसंग गर्ने व्यवहार र स्थानीय तहमा मेलमिलापको कार्यक्रमहरु कसरी प्रभावकारी बनाउने विषयमा समेत त्यहाको स्थानीय तहको प्रतिनिधिसंग छलफल हुनेछ । मुख्यमन्त्री गुरुङको टीमलाई पोखरा विमानास्थलमा आर्थिक ममिला तथा योजना मन्त्री किरण गुरुङ, उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्साल, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्द नेपाली, लगायतले विदाई गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width