आनन्द ज्योतिमा भूपू बिद्यार्थी मञ्च गठन

आदर्श समाज सम्वाददाता
कार्तिक १४, २०७६
khagaraj adhikari pic

पोखरा, १४ कात्तिक । पोखरा–३१ बेगनासमा अवस्थित आनन्दज्योति माविमा भूपू बिद्यार्थी मञ्च गठन भएको छ । उक्त बिद्यालयमा अध्ययन गरेका पूर्व बिद्यार्थीको हालै सम्पन्न भेलाबाट नवराज अधिकारीको संयोजकत्वमा भूपू बिद्यार्थी मञ्च गठन गरिएको हो ।

मञ्चका सदस्यहरुमा सूर्यबहादुर पाण्डे,अनील सुबेदी, कृष्ण आचार्य, श्रीराम कँडेल, बुद्धिबहादुर सुबेदी, बिकास कँडेल, सुशीला अधिकारी सिग्देल, केशवराज तिवारी, अर्जुन पौडेल,सन्तोष अधिकारी, चिरञ्जीवी अधिकारी र श्यामहरि तिवारी चयन भएका छन् ।

कार्यक्रममा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं संघीय सांसद खगराज अधिकारीले आनन्द ज्योति माविको विकासमा आफ्नो भूमिका महत्वपुर्ण रहने भन्दै बिद्यालयलाई अब कृषि एकेडेमीको रुपमा बिकास गरिने बताए । सोही बिद्यालयका पूर्व बिद्यार्थी समेत रहेका उनले यस क्षेत्रको आवश्यकता र भौगोलिकता हेर्दा आनन्द ज्योतिलाई कृषि शिक्षाको रुपमा विकास गर्न बताए ।

पोखरा महानगरपालिका ३१ का वडाध्यक्ष कमलबहादुर थापाले बिद्यालयलाई कृषि एकेडेमी बनाउन वडा तहबाट मिल्ने सबै सहयोगका लागि आफू तयार रहेको बताए ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रुद्रनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमा बिद्यालयका प्रधानध्यापक शिबराज अधिकारी, बेगनास बिकास मञ्च पोखराका अध्यक्ष शुक्रराज अधिकारी, नेकपाका स्थानीय नेता गणेशबहादुर थापा, बिद्यालयका भूपू बिध्यार्थी मञ्चका नब निर्वाचित संयोजक नबराज अधिकारी, बिश्वराज अधिकारी लगायतले बोलेका थिए । कार्यक्रमको संचालन संचारकर्मी एवं पूर्व बिद्यार्थी कमल सुबेदीले गरेका थिए । कार्यक्रममा बिद्यालयले नेपालीहरुका चाडपर्वहरुको अबसरमा शुभकामना आदन प्रदान पनि सम्पन्न गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • रत्न शोभा माविको ६५ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    लेखनाथ ।  पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले समुदायवाट संचालीत विद्यालय हाम्रा भएकाले हामीले नै वनाउनु पर्नेमा जोड दिएका छन् ।…
  • पोखरा आदर्शमा रेडक्रस सर्कल पुनर्गठन

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा युवा रेडक्रस सर्कलको पुनर्गठन भएको छ । कार्यसमिति अध्यक्षमा कक्षा १० का अविरल आचार्य,…
  • बड्स एकेडेमीमा सदन विभाजन

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । पोखरा–६, बैदामस्थित बड्स एकेडेमीले सदन विभाजन गरेको छ । कार्यक्रममा कक्षा २ देखि १० सम्मका सम्पूर्ण विद्यार्थीलाई रातो,…
  • व्यवसाय दर्ता र कर सचेतनाका लागि पोखरा महानगरले गर्‍यो क्याम्पसहरूसँग समझदारी

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा ।  पोखरा महानगरपालिकाले पोखराका विभिन्न विश्वविद्यालय तथा क्याम्पसहरूसँग प्रशिक्षार्थी विद्यार्थी परिचालन सम्बन्धमा समझदारी गरेको छ । महानगरपालिकाले पोखरा विश्वविद्यालय,…
  • पिसिएममा पाइथन प्रोग्रामिङ तालिम

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्ट (पिएमसी) का विद्यार्थीका लागि पाइथन प्रोग्रामिङ तालिम सम्पन्न छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा…

hero news full width