खोज पत्रकारिता केन्द्रको अध्यक्षमा चन्द्रकिशोर

एजेन्सी
असाेज ३०, २०७६
20191017133909_607274

काठमाडौं, ३० असोज । खोज पत्रकारिता केन्द्रको अध्यक्षमा वरिष्ठ पत्रकार चन्द्रकिशोर झा निर्वाचित भएका छन् । बिहीबार भएको साधारणसभाबाट उनी सर्वसम्मत निर्वाचित भएका हुन् ।

साधारणसभाले उपाध्यक्षमा निर्मला शर्मा, महासचिवमा किरण नेपाल र कोषाध्यक्षमा रामेश्वर बोहोरा पनि सर्वसम्मत चुनिए । केन्द्रको तीन सदस्यका लागि भने आठ जनाबीच चुनाव भएको थियो । सदस्यहरूमा राजाराम गौतम, भृकुटी राई र लक्ष्मी बस्नेत निर्वाचित भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width