नेपाल शिक्षक महासंघका अध्यक्ष पैडेललाई मातृशोक

आदर्श समाज सम्वाददाता
असाेज २६, २०७६
him kumarai

पोखरा, २६ असोज । नेपाल शिक्षक महासंघ जिल्ला समिति कास्कीका अध्यक्ष तथा महेन्द्र मावि पोखरा– २० भलामका प्रधानाध्यापक बोधराज पौडेललाई मातृशोक परेको छ ।

उनकी आमा हीम कुमारी पौडेलको ८० वर्षको उमेरमा उच्च रक्तचापका कारण गत असोज २० गते राति आफ्नै निवास भलामको डाँडा गाउँमा निधन भएको हो ।

उनका पाँच छोरा र दुई छोरी छन् । जेठा छोरा मोतिप्रसाद पौडेल पोखरा वडा नं २० का वडा सदस्य हुन भने कान्छी छोरी सीतादेवी बास्तोला वडा नं १२ की वडा सदस्य हुन । उनी वि.स १९९६साल मा पोखरा ११ काहँु निवासी स्वर्गीय मुखिया भीमप्रसाद आचार्यकी साहिली सुपुत्रीका रुपमा जन्मिएकी थिइन् । सेतीनदी र कालीखोलाको सगम स्थल त्रिवेणीघाटमा असोज २१ गतेका दिन उनको अन्त्यष्टी गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width