आइओसी तेक्वान्दो टेक्निकल सोलिडारिटी कोर्स शुरु

आदर्श समाज सम्वाददाता
असाेज ९, २०७६
Taequando Solidarity Course

पोखरा । आइओसी तेक्वान्दो टेक्निकल सोलिडारिटी कोर्स बुधबारदेखि सुरु भएको छ ।

नेपाल ओलम्पिक कमिटीको तत्वावधान तथा नेपाल तेक्वान्दो संघको आयोजनामा सातदोबाटोस्थित राष्ट्रिय तेक्वान्दो एकेडेमीमा सुरु कोर्स ४ दिनसम्म चल्नेछ ।

विभागीय क्लब नेपाल पुलिस, त्रिभुवन आर्मी र एपीएफ र ७ प्रदेशसहितका ९० जना प्रशिक्षक कोर्समा सहभागी छन् । सहभागी प्रशिक्षकहरुलाई दक्षिण कोरियन तेक्वान्दोका ग्राण्डमास्टर तथा प्रोफेसर डा. इन्सिक ह्वाङले प्रशिक्षण दिनेछन् । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कोर्सको उद्घाटन गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै