ढिस्कोले पुरिएर सव–ओभरसियरको मृत्यु

आदर्श समाज सम्वाददाता
असाेज ६, २०७६
Kaligandaki-Corridor

पोखरा, ६ असोज । पर्वत जिल्ला कुश्मा नगरपालिका–७ खरियामा सडक सर्वे गरिरहेको सव– ओभरसियरको सोमवार ढिस्कोले पुरिएर मृत्यु भएको छ ।

मध्यपहाडी लोकमार्ग विस्तार गर्ने क्रममा पर्वत जिल्लाको खरियामा सोमावार दिउसो सर्वे गरिरहेको अवस्थामा सडक माथिबाट खसेको ढिस्कोले पुरिएर मोरङ जिल्ला घर भएका २४ वर्षीय कमल राईको मृत्यु भएको हो ।

ढिस्कोले पुरिएका राईको शव नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीले एक्साभेटरको सहयोगमा बाहिर निकालेको थियो । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाएको छ । उनको शव शल्य परीक्षण लागि पर्वत जिल्ला अस्पतालमा राखिएको छ ।

त्यस्तै पर्वत जिल्लाकै फलेवास नगरपालिका–१० कुर्घा निवासी प्रीति नेपालीको डेढ वर्षे छोरा रेगम सोमवार आफ्नो घर नजिक रहेको गोबर ग्याँसको ओभरफ्लो पानीको खाँडलमा डुबेर मृत्यु भएको छ ।

गोरव ग्यासको खाडलमा डुबेका गम्भीर भएका बालकलाई उपचारका लागि धुलीखेल अस्पताल फलेबास पर्वत लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाको बारेमा प्रहरीले अनुसन्धान शु? गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width