गलकोट समाज पोखराको छैठौं वार्षिक साधारणसभा सम्पन्न

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०७६
Galkot Samaj Pokhara

पोखरा, ३१ भदौ । गलकोट समाज, पोखराको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

समाजका ज्येष्ठ सदस्य, समाजसेवी अमरबहादुर खत्रीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बागलुङ समाज, पोखराका अध्यक्ष कुलचन्द्र शर्मा, गलकोट समाज, पोखराका वरिष्ठ सल्लाहकार प्राडा. भवानीप्रसाद पाण्डे (भाष्कर), स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक खिमबहादुर खड्का, समाजका पूर्वअध्यक्ष एवं सल्लाहकार हिराबहादुर खत्री, प्रभु बैंक, नयाँसडक शाखाका शाखा प्रबन्धक चेतनारायण गौतमलगायतले समाजको बारेमा आफ्ना भनाई राखेका थिए ।

समाजका अध्यक्ष मीनबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष खडकबहादुर थापा र सह–सचिव कृष्णबहादुर खत्रीले पनि आफ्ना भनाइृ राखेका थिए । समाजको साधारणसभाले समाजका सचिव द्रोण खत्री (पूर्वक)ले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष क्या. पूर्णबहादुर खत्रीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित समेत गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width