नक्कली सुनको मूर्ति बेच्ने गिरोह पक्राउ

आदर्श समाज सम्वाददाता
भाद्र २, २०७६
police_Fotor

सुनजस्तो पहेँलो धातुबाट निर्मित बुद्धको मूर्ति बेच्दै गर्दा पोखराबाट ३ जना पक्राउ परेका छन्। सुनको मूर्ति भनेर उनीहरुले १३ लाख रुपैयाँमा बेच्दै आएको प्रहरीले जनाएको छ। दुईपटक सम्म बेचेर भागेका उनीहरु तेश्रो पटकमा पक्राउ परेका छन्। पोखरा ६ लेकसाईड क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सुनको भनेर बेचेपनि खरिदकर्ताले शंका लागेपछि प्रहरीमा उजुरी दिएकाथिए। सोही आधारमा पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए। तीनै जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ। उनीहरुको साथबाट २ वटा मूर्ति समेत बरामद गरेको छ।

पक्राउ पर्नेमा दोलखा भिमेश्वर नगरपालिकाका ५२ वर्षीय नबराज पाण्डे भनिने राजराज शिवाकोटी, गोरखा भीमसेन गाउँपालिकाका रमेश श्रेष्ठ भनिने देवकुमार श्रेष्ठ र रामेछाप भँगेरी गाउँपालिकाका देवराज प्रधानको नामले चिनिने बसन्तबाबु श्रेष्ठ छन्।

उनीहरुको साथबाट सुनको जस्तो देखिने बुद्धको पहेँलो ६ किलोको मूर्ति ड्रिल मेसिन र कागजमा बेरेर राखिएको सुनजस्तो पहेँलो धातु बरामद गरिएको छ। यस्तै, २ थान क्यासिनोका कार्डहरु र भारतीय राजदुतावास लेखिएको एउटा कार्ड, भारतीय निर्वाचन आयोगको कार्ड र विभिन्न बैंकका चेकहरु पनि बरामद गरिएको कार्कीले बताए। उनीहरुले साउन १९ गते पोखरा ८ का पाराश्वर विकलाई १३ लाखमा मूर्ति बेचेर फरार भएको अनुसन्धानबाट खुलेको छ। दुई पटक सम्म झुक्याएर आरोपीहरुले मूर्ति बेचेका थिए। मूर्ति बेचेर प्र्राप्त रकम क्यासिनोमा खर्च गरेको प्रहरीले जनाएको छ। कास्की प्रहरीले आईतबार पत्रकार सम्मेलन गरेर एक महिनाका गतिविधिबारे जानकारी गराएको थियो। पछिल्लो एक महिनामा प्रहरीले १ सय ६१ मुद्दा दर्ता गरेको छ भने २ सय ९९ जना पक्राउ परेका छन्। यो महिनापनि सबैभन्दा धेरै लागू औषध सम्बन्धि मुद्दा दर्ता भएको छ। १७ वटा मुद्दामा ७४ जना पक्राउ परेका छन्।

प्रहरीले जुवातास खेल्नेलाई धमाधम पक्राउ गरेको छ। १ महिनामा १२ वटा घटनामा ८४ जना पक्राउ परेका छन् भने उनीहरुको साथबाट ५ लाख ८० हजार बरामद भएको छ। कास्कीमा साईबर क्राइम सम्बन्धी घटनापनि वषेर्नी बढिरहेको छ। यो महिनामा मात्रै ४३ वटा लिखित निवेदन साईबर क्राईम सम्बन्धी छ।

प्रहरीले राम्रा गर्ने कर्मचारीलाई पुरस्कृत गरेको छ भने गल्ती गनेर्लाई सजाएँ दिएको छ। एकजनालाई निलम्बन गरेको कास्की प्रहरीले ग्रेड घटुवा, नसिहत र चेतावनी सहित १० जनालाई कारबाही गरेको छ। यस्तै, १५ जनालाई पुरस्कार दिइएको छ। एक महिनाभित्रैमा ट्राफिक कारबाहीबाट ४४ लाख ७५ हजार राजश्व संकलन गरेको छ। ५ हजार ९ सय सवारी चालकलाई कारबाही गरेर राजश्व संकलन गरिएको कास्की प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width