संगीत पाठशालालाई मेलोडीको सहयोग

आदर्श समाज सम्वाददाता
भाद्र २, २०७६
melody photo (1)_Fotor

मेलोडी क्याफे एण्ड लाउञ्ज बारले आइतबारबाट औपचारिक रुपमा आफ्नो सेवा शुरु गरेको छ। झलकमान सारङ्गी पाठशालाका अध्यक्ष धनबहादुर गायकलाई सारङ्गी र मादल हस्तान्तरण गरेर मेलोडीले आफ्नो सेवा शुरु गरेको हो। प्रमुख अतिथि कवि तीर्थ श्रेष्ठले क्याफेको औपचारिक शुभारम्भ गरेका हुन्। क्याफेले पोखराको बाटुलेचौरमा रहेको झलकमान गन्धर्व सारङ्गी पाठशालालाई संगीत सामाग्री ८ थान मादल र सारङ्गी हस्तान्तरण गरेको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले जुनसुकै कर्मको पनि जग बलियो हुन आवश्यक रहेको औंल्याए। उनले भने, ‘संगीतलाई मुल आधार मानेर स्थापित मेलोडीले संगीत पाठशालालाई संगीत सामाग्री सहयोग गर्नु नै कर्मको जग पूजा गर्नु हो। ’

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पोखराका युवा व्यवसायीको उत्साहको समिश्रणका कारण मेलोडीले व्यावसायिक लय समात्ने कुरामा आफू विश्वस्त रहेको सुनाए। ‘व्यवसायको देाश्रो पारी खेल्दै गरेको मेलोडी क्याफेमा देखिएको तीन जना अनुभवी खम्बाहरु नै मेलोडीको सफलताको छनक हो, ’ श्रेष्ठले भने।

पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष सुनील थापाले महेन्द्रपुल क्षेत्रको चहलपहलका लागि मेलोडी जस्ता क्याफेको आवश्यकता रहेको औंल्याए।

झलकमान गन्धर्व सारङ्गी पाठशालाका अध्यक्ष धनबहादुर गायकले ‘सारङ्गी वादनको मौलिक संगीत जगेर्नाका लागि स्थापित पाठशालालाई अहिलेसम्म कतैबाट सहयोग उपलब्ध हुन नसकेको बताउँदै मेलोडी क्याफेको सहयोगले आफू खुसी भएको बताए।

गायक समेत रहेका क्याफेका सञ्चालक विनोद बानियाँले कार्यक्रममा स्वागत गर्दै मौलिक संगीतको शुरुवात बिन्दु मानिने सारङ्गी बचाउने अभियानलाई प्रोत्साहन गर्न शुभारम्भको अवसरमा मादल, सारङ्गी लगायतका सामाग्री हस्तान्तरण गरिएको जनाए। क्याफेका अध्यक्ष सुरेश पहारीको अध्यक्षतामा भएको कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ लगायतले बोलेका थिए।

कार्यक्रममा झलकमान गन्धर्व सारङ्गी पाठशालाका प्रशिक्षार्थीले सारङ्गी बादन प्रस्तुत गरेका थिए। १ करोड रुपैयाँको लागतमा सञ्चालनमा आएको क्याफेमा पोखराका युवा व्यवसायीहरु गायक विनोद वानियाँ, सुरेश पहारी र एकराज गिरीको लगानी रहेको छ। भाद्र १ देखि १५ गते सम्म शुभारम्भको अवसरमा क्याफेले मेनुमा १० देखि १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सञ्चालक एकराज गिरीले जानकारी दिए। नयाँ व्यवस्थापन र स्वरुपका साथ क्याफे सञ्चालनमा आइसकेपछि नयाँ सोँचका साथ सामाजिक उत्तरदायित्वका काम गर्न लागिएको क्याफेका अध्यक्ष सुरेश पहारीले बताए।

Related News

सम्बन्धित समाचार

hero news full width