संगमलाई अध्यक्ष गुरुङको सहयोग

एजेन्सी
श्रावण २९, २०७६
SUDR7124

पोखरा, २९ साउन । पोखरा १३ स्थित सङम यूवा क्लबले संचालन गरेको एकेडेमीका लागि अखिल नेपाल फुटबल संघका उपाध्यक्ष कृष्ण थापा र सहारा क्लब हङकङका अध्यक्ष तथा संगम क्लब हङकङका कार्यकारी सदस्य दीपक गुरुङले ५–५ थान बल हस्तान्तरण गरेका छन ।

सङम क्लबले करिब एक महिना अघिबाट एकेडेमीको सुरुवात गरेको हो । २०६८ सालमा क्षेत्रीय च्याम्पियन बन्दै ‘ए’ डिभिजन फुटबल प्रतियोगितामा सहभागिता जनाइसकेको सङमको शाख पोखरामा निकै राम्रो छ । ‘अब त खेलाडी आफ्नै क्लबले उत्पादन गर्दा राम्रो हुँदो रहेछ’ माया गुरुङ भन्छन–‘त्यही भएर पनि एकेडेमी संचालन गरेका हौं ।’ नेपालको ए डिभिजनमा खेल्ने कास्कीको एक मात्र क्लबनै सङम क्लब हो ।

संगमको प्रयासलाई साथ दिन हङकङबाट केही दिनका लागि पारिबारिक काममा नेपाल आएका सहारा हङकङका अध्यक्षले समेत पाँच थान बल हस्तान्तरण गरे । क्लबको यो अभियान निकै प्रशंसनीय रहेको प्रति खुसी हुँदै अध्यक्ष गुरुङले भविष्यमा समेत आफ्नो सहयोग रहने प्रतिवद्धता जनाए ।

एकेडेमीमा प्रशिक्षण लिने मध्ये ३० जना मध्ये तिन जना बालिका रहेका छन । प्रशिक्षणमा नियमित आउने आरुषी गुरुङ ९ वर्षकी भइन । उनलाई समेत फुटबल सिक्ने रहर सङम क्लबले पुरा गरिरदिएको छ । आफ्ना दाई हरु फुटबल खेलेको देखेर उनलाई पनि फुटबल सिक्ने मोह जागेको बताउँछिन । आरुषी संगै ८ वर्षकी मेरिना गुरुङ पनि एक महिना देखि सङम यूवा क्लबले सुरु गरेको एकेडेमीमा फुटबल सिक्न अउँछिन ।

यति बेला पोखरामा विभिन्न क्लबहरुले फुटबल एकेडेमी संचालनका लागि नयाँ खाका शुरुवात गरेका छन । केहीले शुरुवात गरिसके त कोही तरखरमा । सहारा क्लब पोखराको एकेडेमी भन्ने हो भने नेपालकै चर्चित एकेडेमी मध्येको एक हो ।

पोखरा १३ स्थित सङम यूवा क्लबले एकेडेमीको शुरुवात गरेर नयँ खुटकिलो चढ्ने प्रयासमा छ । क्लबका निवर्तमान अध्यक्ष तथा एकेडेमीमा प्रशिक्षकको भूमिका निर्वाह गरेका शिव माया गुरुङ भन्छन–‘यो हाम्रो सानो प्रयास बाट शुरु गरेका छौं, सबैको सहयोगको प्रतिक्षामा छौं ।’ ६ वर्ष देखि १४ वर्ष उमेर समुहकाहरु यति बेला एकेडेमीमा ३० जनाले प्रशिक्षण लिइरहेको क्लबका अध्यक्ष राजु गुरुङले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै