फाइनलमा विष्णुपादुका र आदर्श क्लब

एन्फा कास्की लिग

आदर्श समाज सम्वाददाता
श्रावण २८, २०७६
ANFA, Kaski League_Fotor

कास्की जिल्लास्तरीय एन्फा लिग–२०७६ उपाधिका लागि हेमजाको विष्णुपादुका र लेखनाथको आदर्श युवा क्लब भिड्ने भएका छन्।

कास्की जिल्ला फुटबल संघ (एन्फा), कास्कीको आयोजनामा पोखराको भण्डारढिकस्थित आदर्श खेल मैदानमा सम्पन्न सेमिफाइनलमा विष्णुपादुकाले ड्यामसाइड युवा क्लब र आदर्श युवा क्लबले सत्य युवा क्लब बी–१३ लाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।

पहिलो सेमिफाइनल खेलमा विष्णुपादुकाले ड्यामसाइडलाई २–१ गोलअन्तरले पराजित गरेको थियो। खेलको २८ औं मिनेटमा अविनाश तामाङले गोल गर्दै ड्यामसाइडलाई अग्रता दिलाए। लिगमा अपराजित रहेको विष्णुपादुकाका लागि खेल बराबरी ल्याउन दोश्रो हाफको ५६ औं मिनेट कुर्नुपर्यो। विष्णुपादुकाका लागि टिम कप्तान प्रवीण थापाले बराबरी गोल फर्काए। ६७ औं मिनेटमा विष्णु गुरुङले दोश्रो गोल र निर्णायक गोल गर्दै टिमलाई फाइनलको बाटो देखाए।

दोश्रो खेलमा आदर्श क्लबले सत्य युवा क्लब बी–१३ लाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। खेलको दोश्रो हाफको ८२ औं मिनेटमा अर्जुन रानामगरको गोल मद्दतले आदर्श उपाधि नजिक पुगेको हो। कास्की एन्फा लिगको फाइनल खेल मंगलबार दिउँसो १ बजे हुने एन्फा कास्कीका महासचिव रमेश कार्कीले जनाएका छन्।

कास्की एन्फा लिगको विजेताले प्रदेशस्तरीय लिगमा सहभागिता जनाउन पाउने छ। कास्की एन्फा लिगमा कुल ५७ खेल सम्पन्न हुने कार्कीले जनाए।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै