लमजुङ, २७ साउन । चक्रीय अन्नपूर्ण पदमार्गमा नेपाल प्रहरीले गाँजा फँडानी अभियान सञ्चालन गरेको छ । मनाङ प्रहरीले पदमार्गका छेउछाउमा प्राकृतिक रुपमा उम्रिएर रहेका गाँजा फँडानी अभियान सञ्चालन गरेको हो ।
चक्रीय अन्नपूर्ण पदमार्गको सडक वारपार, बारी साथै बस्तीमा उम्रिएका गाँजाको बोट फँडानी गर्न थालिएका मनाङका प्रहरी नायव उपरीक्षक टिकाबहादुर कार्कीले बताए । उनका अनुसार बाटोमा प्राकृतिक रुपमा उम्रिएको भए तापनि त्यस्तो गाँजा विदेशी पर्यटकले प्रयोग गर्ने गरिएको तथा स्थानीयले समेत प्रयोग गरेको हुन सक्ने भएको हुँदा फडानी गर्न उपयुक्त हुने देखियो, त्यसैले यो कार्य गरिएको हो ।
उनले भने ‘लागुऔषध प्रयोगकर्ताको संख्या घटाउने र यसको नियन्त्रणका लागि गाँजा फँडानी गरिएको हो ।’ उनका अनुसार प्रहरीको नेतृत्वमा पदमार्ग अन्तर्गतका बाटोमा आफैं उम्रिएका गाँजाको बोट फँडानी कार्य थालिएको छ । ‘पदमार्ग भरी गाँजाका बोट उम्रिएका छन् । विदेशी पर्यटकले र स्थानीयले समेत प्रयोग गर्न सक्छन्’ उनले भने ‘त्यसैले पदमार्गका बोटहरु फँडानी गरेर नष्ट पारेका हौं ।’
असारदेखि हालसम्म पदमार्ग तथा बाटोका १२ हजार गाँजाका बोट नष्ट पारिएको उनले जानकारी दिनु भयो । उनका अनुसार समुदाय– प्रहरी साझेदारी अवधारणा कार्यन्वयनको अवस्थामा गाँजाका बोट फँडानी गरिएको हो । प्रहरीको नेतृत्वमा जनप्रतिनिधि, स्थानीयले गाँजा फँडानी गरिएको छ उनले बताए ।
प्रहरी निरीक्षक श्रवणकुमार विकको नेतृत्वमा गाँजा फँडानी गरेको हो । प्रनाउ कार्कीले भने ‘प्रहरीले चामे– १ को तिमाङ गाउँदेखि वडा नं २ थानचोक स्थित सडक किनारा तथा आसपासमा प्राकृतिक रूपमा आफै उम्रेका ५ हजार गाँजाका बोट नष्ट पारेको छ ।’
गाँजा फँडानीमा प्रहरी निरीक्षक प्रकाश भुषालसहित १६ जना, शसस्त्र प्रहरी बल ३२ नम्बर गुल्मबाट सहायक प्रहरी निरीक्षक बाबुराम लम्सासहित ७ जना, चामे गाउँपालिका उपाध्यक्ष मुनिन्द्रजङ गुरुङ, चामे गाउँपालिका १ का वडा अध्यक्ष आशिष गुरुङ, चामे गाउँपालिका २ का आमा समूहका पदाधिकारी र स्थानीय १५ जना गरी जम्मा ३८ जनाको सक्रियतामा गाँजा फँडानी गरिएको प्रहरीले बताएको छ ।
चामे गाउँपालिका– ३ क्युपार क्षेत्रमा प्रहरी चौकी क्युपार प्रहरी सहायक निरीक्षक दिवाकर सुवेदीको कमाण्डमा खटिएका ९ जना प्रहरी कर्मचारी र चामे गाउँपालिका– ३ का वडा अध्यक्ष राजु लामाको नेतृत्वमा आमा समुह सहित ७ जना गरी १६ जनाको सहभागितामा गाँजाको बोट फँडानी गरिएको हो । उक्त टोलीले क्युपार क्षेत्रमा प्राकृतिक रुपमा आफै उम्रिएका एक हजार पाँच सय लागू औषध गाँजाको बोटहरु फडानी गरी नष्ट पारेको प्रहरी निरीक्षक श्रवणकुमार विकले बताए ।
यसअघि असार ६ गते अन्तराष्ट्रिय लागु औषध दिवसको अवसरमा चामे गाउँपालिका ५ भक्तपुरमा एक हजार सय गाँजाको बोट फँडानी गरि नष्ट पारिएको थियो । विकका अनुसार प्रहरीले गाँजाका बोटको खोजी गरेर फँडानी गरेको हो ।
त्यसैगरी, प्रहरी निरीक्षक प्रकाश भुषालको कमाण्डमा खटिएका ३० जना र स्थानीय १० जना गरी ४० जनाको समूहले चामे गाउँपालिका– ५ र मनाङ ङिस्याङ गाउँपालिका १ तलेखुस्थित सडकको छेउछाउमा प्राकृतिक रुपमा उम्रिएका ३ हजार ५ सय गाँजाको बोटहरू फाडेर नष्ट गरेको प्रनाउ कार्कीको भनाई छ ।
Related News
सम्बन्धित समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
hero news full width
मुख्य समाचार
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१