‘बोत्तल हानाहान, केटी तानातान’

आदर्श समाज सम्वाददाता
श्रावण २६, २०७६
fable jakarta party

‘रातभर सुत्न सकिँदैन। एक निमेस निँदाउन खोज्यो, हरेक रात कोलाहल छ। बोत्तल हानाहान र केटी तानतान हुन्छ, ’ लेकसाइडवासी महिलाउद्यमी पम्फा पहारीले आक्रोश पोखिन्, ‘यस्तो कहिलेसम्म? चैनसँग सुत्न कहिले पाइन्छ? ’

पोखरा नेपालकै प्रमुख पर्यटकीय क्षेत्र हो। पोखराको पनि लेकसाइड पर्यटकीय केन्द्र मानिन्छ। तर यहाँ सञ्चालित डिस्कोथेक, डान्सबार र पवका कारण पछिल्लो समय वातावरण अराजक बन्दै गएकोमा लेकसाइडवासीको गुनासो बरोबर सुनिने गर्दछ।

फेवाताल किनारमा शनिवार आयोजित एक कार्यक्रममा पहारीले अहिलेको युवापुस्ता बिग्रिँदै गएकोमा गुनासो समेत गर्दै शुक्रवार रातिकै यथार्थ घटना पस्कदै थिइन्। ‘अरु दिनभन्दा शुक्रवार अझ सम्हालिनसक्नु हुन्छ, युवाजमात रक्सीले मात्तिएको हुन्छ’ उनले अगाडि भनिन्, ‘म गएराति २ बजेतिर त्यस्तै खालको भिडियो समेत खिचेकी छु। ३ बजे आएर सुत्न खोजें सकिनँ। मनमा कुरा खेलिरह्यो। ४ बजे निँदाएर २ घण्टापछि ६ बजे घरको कामले उठ्न परिहाल्यो। यसरी दैनिकजसो मात्र २ घण्टा सुतेर कसरी दिनभरको काम गर्न सकिन्छ? हाम्रो शान्तिसुरक्षा खै? ’

यो समस्या आफ्नोमात्र नभई सबै प्रतिनिधि आवाज हो भन्दै उनले सो नियन्त्रणको माग गरिन्। सो विषयमा अन्य वक्ताको भनाइ पनि त्यसमै केन्द्रित भयो।

पर्यटन व्यवसायी अग्नि कँडेलले पर्यटनका लागि पोखराको लेकसाइड ‘इपिसेन्टर’ हो भन्दै यहाँ आवश्यक शान्तिसुरक्षा र अमनचयनको वातावरण आवश्यक रहेको बताए। नेपाल भ्रमण वर्ष २०२० का गण्डकी प्रदेश संयोजक समेत रहेका कँडेलले यहाँ घुम्न आउने पर्यटकको हितको लागि पनि सरोकारवाला पक्षको बेलैमा ध्यानाकर्षण हुनुपनेर्र् बताए। उनले भने, ‘दशबीस करोडमात्र लगानी रहेको डान्सबार तथा डिस्कोकै कारण दशौं खर्ब लगानी रहेको यहाँको पर्यटन व्यवसाय धरापमा पार्न मिल्दैन। ’

पोखरा ६ का वडाध्यक्ष जगतबहादुर पहारीले लेकसाइडमा हाल करिब १२ यस्ता डिस्कोथेक, डान्सबार र पव संचालन रहेकोमा आवश्यक मापदण्ड नपुगेको बताए। उनले ‘साउण्ड प्रुफ’ नभएको, अवान्छित गतिविधि हुने गरेको, रातिको समय सीमा पालना नगरेको टिप्पणी गरे। यसबारेमा आफूहरुले धेरै पटक प्रशासन गुहारे पनि समाधान नभएको बताए। आचारसंहिता पालना गर्नुपर्नै वडाध्यक्ष पहारीको भनाइ छ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की अध्यक्ष सोमनाथ बास्तोलाले लेकसाइड नेपाल प्रमुख पर्यटकीय क्षेत्र रहेकोले यहाँको भविष्यबारे पनि बेलैमा सोच्नुपर्नै सुझाव दिए।

सुरक्षा निकायतर्फबाट जवाफ दिँदै प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद शर्मा घिमिरेले प्रहरीले विभिन्नखाले विकृति विसंगति न्यूनीकरण गर्दै समुदायसँग मिलेर शान्तिसुरक्षा कायम गर्न समुदाय–प्रहरी साझेदारी कार्यक्रम संचालन गरेको बताए। सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवाको १८ औं साधारणसभाका प्रमुख अतिथि समेत रहेका डीआईजी घिमिरेले समाजलाई सुसंस्कृत बनाउन सबैको हातेमालो गर्नुपर्नै बताए।

एसएसपी पूजा सिंहले सुरक्षा दिने जिम्मेवारी प्रहरीको भए पनि यसप्रकारका डान्सवार तथा डिस्को नियमन आफूहरुले गर्न नसक्ने बताइन्।

कार्यक्रममा सामुदायिक वैदाम अध्यक्ष मीना भट्टराई, नेकपा पोखरा ६ अध्यक्ष नर्मदा कँडेल, जगदम्बा आमा समूह अध्यक्ष दुर्गा पहारी, सामुदायिक बैदामका संस्थापक अध्यक्ष मंगलबहादुर नेपाली, सामुदायिक बैदाम सचिव नेत्रलाल भण्डारी, कोषाध्यक्ष उमा रेग्मी भण्डारी लगायतले पर्यटकीय क्षेत्र लेकसाइडको भविष्य बचाइराख्न र पर्यटन क्षेत्रको पहिलो शर्त शान्तिसुरक्षामा ध्यान दिनुपर्नै बताए।

लेकसाइडलाई चौबीसै घण्टा खेल्ने विषयमा यतिखेर बहस जारी छ। तर जिल्ला प्रशासन कार्यालय कास्कीले लेकसाइडलाई चौबीसै घण्टा खोल्नका लागि निदेर्शिका बनाएर केन्द्रमा पठाइसकेको छ। गृह मन्त्रालयको निदेर्शनमा शहीदचोकदेखि हल्लनचोकहुँदै जिरो किमीसम्मको क्षेत्रलाई चौबीसै घण्टा खोल्ने गरी निदेर्शिका तयार गरिएको हो। कास्कीका प्रजिअ चक्रबहादुर बुढाले निदेर्शिका केन्द्रमा पठाइएको भन्दै निदेर्शिका कार्यान्वयनमा आएपछि सो अनुरुप सबैले पालना गर्नुपर्छ, पालना गर्दिनँ भन्न नपाइने बताए।

पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सोमबहादुर थापा पनि व्यवसायलाई मर्यादित बनाउँदै परिस्कृत गरेर पर्यटनमैत्री बनाउनुपर्नेमा जोड दिन्छन्। ‘९ बजे अरु ब्यापार बन्द गरेर होटल मात्रै खोल्न पाउनुपर्छ भन्नु राम्रो हैन। सबैले ब्यापार गरेर खान पाउनुपर्छ, ’ उनले भने, ‘सबै ब्यापार चल्यो भनेमात्रै चहलपहल बढ्छ। पर्यटकले बढी खर्च गर्छन्। ’

पश्चिमाञ्चल होटल संघ सहित केही आमा समूह र व्यवसायी मिलेर ४२ जनाले अदालतमा रिट दायर गरेका छन्।

व्यवसायीले रात्रिकालीन व्यवसायमा प्रयोग हुने संगीतको ध्वनि र बाजाको आवाज नियन्त्रण गर्नुपर्ने, रातमा सेवाग्राहीले प्रयोग गर्ने गाडीको व्यवस्था र आवतजावत सम्बन्धित व्यवसायीले मिलाउनुपर्ने, सेवाग्राहीलाई सम्बन्धित व्यवसायीले नै गन्तव्यसम्म पुर्याइदिनुपर्ने, रंगीबिरंगी बत्ती व्यावसायिक प्रतिष्ठान बाहिर जान रोक्नुपर्नै, उत्तेजक वा यौन उत्तेजक संगीत रोक लगाउनुपर्ने, अवान्छित गतिविधि अनुगमनका लागि स्थायी समिति व्यवस्था गर्नुपर्नै लगायत माग गरिएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width