पोखरा नयाँबजारस्थित क्षेत्रीय संग्रहालयलाई थप सुविधासहित नयाँ संरचनामा बदलिएको छ।
२०४१ सालमै सर्वसाधारणको लागि खुला गरिएको यो संग्रहालय अहिले प्रदेश सरकारले ऐतिहासिक अध्ययनस्थल रुपमा विकास गर्न लागेको हो। सरकारले यसका लागि केही ग्यालरीहरु पनि थपेको छ।
संग्रहालयमा गण्डकी प्रदेशमा बसोबास गर्ने विभिन्न जातजातिका दैनिक जीवनशैली, भेषभूषा, गरगहना, बाजागाजा, कृषि औजार, देवीदेवताका मूर्ति तथा संस्कृतिसम्बन्धी विभिन्न सामग्री राखिएका छन्। पछिल्लो समय बदलिँदो जीवनशैली र फेरिएको प्रवृत्तिमा प्राचीन महत्व खासै छैन।
त्यस्तै हिमाली जिल्ला मुस्ताङमा उत्खनन्बाट प्राप्त पुरातात्विक सामग्री पनि यस संग्रहालयमा प्रदर्शनीका लागि राखिएको छ।
पुरातत्व विभागद्वारा निर्मित प्रदर्शनी कक्षमा तमु समुदाय अर्थात् गुरुङको तीन पुरोहित क्रमशः पच्यू, कलेप्री र वोन्पोलामका मूर्ति पनि राखिएको छ।
त्यस्तै पर्यटकहरूलाई नेपालको संस्कृतिलगायतका विषयमा जानकारी गराउनका लागि दमाहाजस्तै सानो आकारको एकनाले बाजा ट्र्याम्पो, गन्धर्व जातिको लोकबाजा, ढ्याङ्ग्रोलाई गजाको सहायताले बजाउने बाजा, ढोलक, डम्फू र मादललगायतका पुरातात्विक वस्तुहरूसमेत प्रदर्शनी कक्षमा राखिएको गण्डकी प्रदेश सङ्ग्रहालयको कार्यालयले जनाएको छ। संग्रहालयमा हिमाल र पहाडको सभ्यताको विकासक्रमको अध्ययन गर्न सकिन्छ।
संघ सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको ११ लाख रुपैयाँको आर्थिक सहयोगमा नयाँ ग्यालरी थपिएको छ।
सो ग्यालरी विहीवार गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गरिन्। ‘अझै धेरै वस्तुहरू राख्नुपर्छ। यहाँ छिरेपछि गण्डकी प्रदेशको सबै चित्रण देख्न पाउने गरी व्यवस्थित गरिनेछ, ’ मन्त्री पुनले भनिन्, ‘त्यसको लागि प्रदेश सरकारले १ करोड रुपैयाँ छुट्याएको छ। यसले थप वस्तु किनेर संग्रहालयमा राख्ने हो। ’
संग्रहालय भेटघाट थलोमात्र नभई अध्ययन अवलोकन र आयआर्जनसँग पनि जोड्नुपर्ने उनको भनाइ छ। संग्रहालय प्रमुख करुणा राईले प्रचारप्रसार अभावले संग्रहालय महत्वपूर्ण भए पनि प्रवद्र्धन हुन नसकेको बताइन्।
सो अवसरमा तमु पेलु संघ अध्यक्ष ओमबहादुर गुरुङ, अन्तराष्ट्रिय पर्वतीय सङ्ग्रहालयका प्रबन्ध निर्देशक शंकरबहादुर गौतम, पोखरा वडा ९ का अध्यक्ष रामराज लामिछानेले सङग्रहालयको संरक्षण तथा सरसफाइमा जोड दिनुपर्ने बताउँदै यसको विकास तथा विस्तारका लागि प्रचारप्रसारको खाँचो देखिएको धारणा व्यक्त गरे।
कुल १० दरबन्दी रहेको संग्रहालयमा अहिले मात्र ४ जना कर्मचारी छन्। अघिल्लो वर्ष यो संग्रहालय प्रदेश सरकार मातहतमा आएको हो।
Related News
सम्बन्धित समाचार
हिल हिमालयजद्वारा ४३ हजार किलो फोहोर व्यवस्थापन
लेखनाथ जेसिज र जुनियर जेसिजको पदस्थापन
फेवातालकाे सीमांकन : ४० वर्ष अघिकै आकारमा फर्काउने प्रयास
सामुदायिक प्रहरी जिल्ला समन्वय कास्कीमा बाेधराज कार्की
बैदाम प्रहरीमा महिला इञ्चार्ज
hero news full width
मुख्य समाचार
विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो
नेपाल बार एसाेसिएसनको १५ औं सम्मेलन पोखरामा
माघ १४, २०७७तलबभत्तासहित वर्षदिनमा साढे १२ लाख रुपैयाँ सामाजिक सेवामा खर्चे सांसद विन्दु थापाले
माघ १४, २०७७पाेखराका ४ अस्पतालसहित गण्डकीका ११ वटै जिल्लामा सुरु भयाे काेराेनाविरुद्ध खाेप अभियान
माघ १४, २०७७बाढी पहिरोमा क्षति पुगेका ५९० घर पुनःनिर्माण गरिने
माघ १४, २०७७गण्डकीमा १४ खोप केन्द्र, आजबाट सबै जिल्लामा लगाइने
माघ १४, २०७७