मुक्तिनाथद्वारा हरित गार्डेन हस्तान्तरण

एजेन्सी
श्रावण २१, २०७६
Muktinath Bank_Fotor

मुक्तिनाथ विकास बैंकले महानगरीय प्रहरी वृत्त, कमलपोखरीलाई हरित गार्डेन हस्तान्तरण गरेको छ।

बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिका वडा १, महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरीको अगाडि सडक पेटी बाहेकको खाली चौंरमा बनाएको वातावरणमैत्री हरित गार्डेन हस्तान्तरण गरेको हो।

साथै बैंकले १ हजार थान पकेट डायरी पनि महानगरीय प्रहरी वृत सामुदायिक शाखालाई हस्तान्तरण गरेको छ। उक्त गार्डेन तथा पकेट डायरी बैंकका सञ्चालक समिति सदस्य नारायणकुमार श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले काठमाडौं १ का अध्यक्ष भरतलाल श्रेष्ठ र महानगरीय प्रहरी वृत सामुदायिक शाखा, कमलपोखरीका प्रमुख प्रहरी नायव उपरीक्षक रवीन्द्रनाथ पौडेललाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए।

कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्दबहादुर राउत, महानगरीय प्रहरी परिसर टेकु काठमाडौंका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेल, सामुदायिक सेवा केन्द्र नक्सालका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपाने लगायतको उपस्थिति थियो।

बैंकले देशैभर १ सय १८ वटा शाखा र २२ वटा एटीएम मार्फत् करिब ७ लाख ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, आस्वा, मोबाइल बैकिङ सुविधा प्रदान गदैर्आएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width