कैदीबन्दीद्वारा कारागारमा खेलकुद उत्सव

आदर्श समाज सम्वाददाता
श्रावण २०, २०७६
karagar game-1 (1)_Fotor

लमजुङको कारागारमा रहेका कैदीबन्दीहरूले उत्सवकै रूपमा खेलकुद प्रतियोगिता आयोजना गरेका छन्। कारागार भित्र सञ्चालन गरिएको यो दोस्रो उत्सव हो। एक कार्यक्रमका विच सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले खेलकुद प्रतियोगिताको आईतबार उद्घाटन गरे।

सहायक प्रजिअ शाहीले बन्दी जिवन विताईरहदा पनि सामाजिक, मानसिक र शारिरक स्वस्थताको लागि कारागार भित्र नै सौहार्दपुर्ण खेलकुँद प्रतियोगीता हुनु धेरै राम्रो विषय रहेको बताए। बन्दी जिवन बिताइरहेका कैदीबन्दीहरु खेलकुद प्रतियोगीतामा सहभागी हुँदा निकै खुसी भएको बन्दी राजन पोख्रेलले बताए। कैदीबन्दीले कारागार भित्रै खेलकुद समिति गठन गरी पुरुष र महिला कैदीबन्दीहरू विच विभिन्न प्रतियोगितात्मक खेल आयोजना गरेका हुन्। प्रतियोगितामा फुटवल, चेस र क्यारमबोर्ड, बेलुन फुटाई, सियो धागो, क्रिकेट लगायतका प्रतियोगिता रहेको जानकारीमा आएको छ।

कारागारका प्रमुख विष्णुप्रसाद पौडेलले कारागारको व्यवस्थापनमा कैदी बन्दीलाई खेलकुद प्रतियोगिता गरिएको बताए। कारागारले यसअघि उपलब्ध गराएको खेलकुद सामग्री र थप सहयोग जुटाएर उनीहरूले प्रतियोगिता आयोजना गरेको कारागारका जेलर पौडेलले बताए। उनका अनुसार प्रतियोगिता चार दिनसम्म सञ्चालन हुनेछ।

प्राप्त जानकारी अनुसार आज फुटबलको चार खेल र अन्य तीन खेल भएका छन्। फुटबल खेलमा सुभास रानाभाटको टिमले मेषबहादुर दुराको शून्यका विरुद्ध पाँच गोल गरी सेमी फाइनलमा प्रवेश गरेको छ। त्यस्तै, फुटबलकै अर्को टिम सुजन पोखरेल र अभय थारुको टिमका वीचमा भएको थियो। सो खेलमा एकका विरुद्ध तीन गोल गरी थारुको टिम सेमी फाइनलमा पुगेको कारागार शाखाका सूचना अधिकारी रमेश विकले बताए।

उनका अनुसार अन्य खेलमा महिलाको बेलुन फुटटाईमा आइतकुमारी गुरुङ पहिलो भइन्। सो प्रतियोगितामा ६ जना महिलाले भाग लिएका थिए। त्यस्तै, सियो धागो उन्ने प्रतियोतिगामा ९ जना महिला सहभागी भएकोमा सम्झना विक पहिलो भएकी छन्।

आजै भएको तालो आलु अर्थात कुर्ची लुकाई खेलमा एमबहादुर गुरुङ पहिलो भएको कारागार शाखाका सूचना अधिकारी विकले बताए। उनका अनुसार सो खेल महिला र पुरुषको संयुक्त गरी खेलाईएको थियो। दुई चरणमा खेलाइएको सो प्रतियोगितामा २०/२० जनाले भाग लिएका थिए। सो प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम आउँदो बुधबार गर्ने योजना रहेको कारागार शाखाका सूचना अधिकारी विकले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width