कोल्मा बहाकोट तमु समाजको २६ औँ वार्षिक साधारण सभा एवं १२ औँ अधिवेशन सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य मिनप्रसाद तमुले समाज दुःख र विपद्मा आवश्यक पर्ने हुँदा समाजले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने धारणा राखे।
अधिवेशनले सुवेदार भोजबहादर तमुको अध्यक्षतामा नयाँ कार्य समितिलाई निर्विरोध निर्वाचित गरेको छ। समितिको उपाध्यक्षमा सुवेदार लालबहादुर तमु, महासचिवमा पूर्णबहादुर तमु, सचिवमा कमला तमु, कोषाध्यक्षमा प्रेमबहादुर तमु, महिला उपाध्यक्षमा लीला गुरुङ चयन भएका छन्।
यस्तै, महिला सह–कोषाध्यक्ष बाला तमु, क्वाटर मास्टरमा तुलाराम तमु र सहयोगीमा ताराप्रसाद तमु चयन भएका छन्।
कोल्माबहाकोट तमु समाजका निर्वतमान अध्यक्ष पूर्णबहादुर तमुलाई समाजको उन्नति र सामाजिक उत्थानका लागि अतुलनीय योगदान पुर्याएको बन्दै आजीवन सदस्य घोषणा गरेको छ।
२०५० आषाढ २६ गते स्थापना भएको यस समाजले स्याङ्जाको पूर्वी पहाडी भेगमा अवस्थित कोल्मा, बहाकोट, ओरेष्टे, राङभाङ, र ठूला डिही, टक्सारबाट पोखरामा बसोबास गर्ने गुरुङ समुदाय परिवारका लागि निरन्तर कार्य गर्दै आइरहेको छ।
२६ औँ वार्षिक साधारण सभा कार्यक्रममा समाजका सचिव सुवेदार लालबहादुर तमुले वार्षिक प्रतिवेदन प्रस्तुत र कोषाध्यक्ष सुमे लीलबहादुर तमुले २०७५ आषाढ १ गतेदेखि २०७६ आषाढ मसान्तसम्मको आयव्यय प्रस्तुत गरेका थिए।
Related News
सम्बन्धित समाचार
हिल हिमालयजद्वारा ४३ हजार किलो फोहोर व्यवस्थापन
लेखनाथ जेसिज र जुनियर जेसिजको पदस्थापन
फेवातालकाे सीमांकन : ४० वर्ष अघिकै आकारमा फर्काउने प्रयास
सामुदायिक प्रहरी जिल्ला समन्वय कास्कीमा बाेधराज कार्की
बैदाम प्रहरीमा महिला इञ्चार्ज
hero news full width
मुख्य समाचार
गण्डकीमा १४ खोप केन्द्र, आजबाट सबै जिल्लामा लगाइने
बाढीले प्रदेशमा ३ अर्बको क्षति
माघ १४, २०७७कास्कीमा सुरू भयाे चुनावकाे तयारी
माघ १४, २०७७संसद विघटनविरुद्ध कांग्रेस झनै सशक्त
माघ १३, २०७७नेकपाका अध्यक्षद्वयलाई निर्वाचन आयोगले भन्याे : एकता महाधिवेशनअघि कसैले कसैलाई हटाउन सक्दैन
माघ १३, २०७७काेराेनाविरुद्धकाे खाेपका लागि देशभर ६२ अस्पतालमा १ सय २० खोप केन्द्र
माघ १३, २०७७